रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

शनिबार, ३० असार २०७५, १३ : ०६ हिमनाथ देवकोटा

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ। शुक्रबार राति वर्षाका कारण आएको पहिरोले वीरबहादुर बिकको घर पुरिएको हो।

खाना खाइरहेको समयमा पहिरो आएको र भागेर ज्यान जोगाएको बिकले बताए। ‘हामी खाना खाँदै थियौं, बिकले भने, घरमाथिबाट गड्याङगुडुङको आवाज आएपछि हामी भाग्यौं।’ गाउँपालिकाको आरुखर्क घर भएका उनी त्यहाँ आरन चलाएर बस्दै आएका थिए।

युब्राको एक सय १० घर पहिरोको उच्च जोखिममा

जिल्लाको नौकुण्ड गाउँपालिका–२ युब्राका एक सय १० घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन्। स्थानीय विपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार शुक्रबार राति युब्रामा गाउँको बीचबाट पहिरो गएको छ।

पहिरोले मानवीय क्षति नगरेपनि करिब एक सय रोपनी खेतीयोग्य जमिनमा क्षति गरेको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताइन्। उनले समितिको बैठक बसेर जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि कार्य अघि बढाइने बताइन्।

प्रहरी प्रशासनको सहयोगमा क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको समितिले जनाएको छ। उपाध्यक्ष लामाले सामाजिक सञ्जालमार्फत बाढी र पहिरोको जोखिममा रहेको बस्तीका नागरिकलाई सतर्क रहन आग्रह गरेकी छिन्।

उत्तरगयामा २७ स्थानमा पहिरो

जिल्लाको उत्तरगया गाउँपालिकामा साना ठूला गरी २७ स्थानमा पहिरो गएको छ। पहिरोको कारण मानवीय क्षती नभएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको तिरु, गोगने, सिरुचेत, मैलुङ, कटुन्जे, लयुङ र पहिरेवेंसी क्षेत्र पहिरोको जोखिममा रहेको छ। साथै गाउँपालिकाको खाल्डे क्षेत्र बाढीको जोखिममा रहेको देखिएको छ।








यसमा तपाईको मत

अन्य समाचार

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

Ncell Footer Ad