coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

यी रेफ्रीले खेलाउनेछन् क्रोएसिया र फ्रान्सको फाइनल खेल

काठमाडौं– रुसमा जारी विश्वकप २०१८ को फाइनल खेल अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन्। क्रोएसिया र फ्रान्सबीच आइतबार राति ८ बजेर ४५ मिनेटमा मस्कोको लुजिन्की रंगशालामा विश्वकप ट्रफ्रीका लागि फाइनल भिडन्त हुँदैछ।

फिफाका अनुसार अनुभवी रेफ्री पिटानाले रसिया र साउदी अरेबियाबीचको उद्घाटन खेलसहित स्वीडेन र मेक्सिको, डेनमार्क र क्रोएसिया तथा फ्रान्स र उरुग्वेगरी ४ खेल खेलाइसकेका छन्।

फाइनल खेलको मुख्य रेफ्रीको जिम्मेवारी पाएका पिटानालाई अर्जेन्टिनाकै हेर्नान मइडेना र हुवान पि बेलाट्टीले असिस्टेन्ट रेफ्रीको रुपमा सघाउनेछन्। नेदरल्याण्ड्सका बजान कुइपर्स फोर्थ अफिसियल र एरविन जिएनस्ट्रालाई रेफ्री असेसर तोकिएको फिफाले जानकारी दिएको छ। 

उसका अनुसार इंग्ल्याण्ड र बेल्जियमबीच तेस्रो स्थानका लागि हुने खेलको रेफ्रीमा इरानका अलिरेजा फघानीलाई चयन गरिएको छ। 

प्रकाशित: ३० असार २०७५ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App