coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एक वर्षमा महोत्तरीमा दुर्घटनामा ४२ को मृत्यु , १ सय ३२ घाइते

महोत्तरी – जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेहरू बापत असुल गरेको रकममा यो वर्ष उल्लेख्य वृद्धि गरेको छ।

ट्राफिक कार्यालयको लक्ष्य राजस्व असुली  मात्रै नभए पनि गल्ती गर्नेलबापत असुल गरिएको जरिवानामा  आर्थिक वर्ष २०७४- ०७५ मा उल्लेख्य रूपमा वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवासका प्रमुख डिल्लीप्रसाद मैनालीले बताए ।२०७४ साउनदेखि २०७५ जेठ मसान्त सम्ममा ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाउनेलाई कारवाही गरे वापत एक करोड ४२ लाख ७६ हजार ५ सय रुपैंया राजस्व असुली भएको ट्राफिक प्रहरी प्रमुख  मैनालीले बताए।

उक्त राजस्व २१ हजार पाँच सय ५० सवारी साधनसँग जरिवाना बापत असुल गरिएको हो।साथै ट्राफिक प्रहरीले कारवाही गरे बाहेक यातायात व्यवस्था कार्यालयबाट पनि उल्लेख्य रूपमा राजस्व असुलि भएको  मैनालीले बताए।बढी भाडा असुल गरेको , ओभर लोड सवारी साधन र अनुमती बिना नै सवारी साधन चलाएबापत पनि रकम असुल गरिएको मैनालीको दाबी छ।
 
यसैबीच २०७४ साउन देखि २०७५ जेठ मसान्त सम्म महोत्तरी जिल्लामा भएको दुर्घटनाहरूमा ४२ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बर्दिवासको तथ्यांकले बताएको छ ।सवारी दुर्घटनामा परी ६६ जना गम्भीर घाईते भएको र ६६ जना सामान्य घाईते भएको मैनालीले बताए । ११ महिनामा महोतरीमा कुल ४२ वटा दुर्घटना भएको हो।

जिल्लाका अधिंकाश सडकको नाजुक रहेको , सडकको मर्मत सम्भार समयमै नभएको  तिव्र गतिमा सवारी साधन चलाउनाले बढी दुर्घटना भएको देखिन्छ । यसका साथै भित्री सडकहरुमा ट्रयाक्टर दुर्घटना बढीको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । ट्रयाक्टर दुर्घटनामा मृत्यु ११ महिनामा १४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

ट्राफिक प्रहरीको निगरानी भन्दा बाहिर रहेको महोतरीका भित्री सडकहरूमा बढी मात्रामा दुर्घटना हुने गरेको पाइएको छ । जनशक्ति अभावका कारण भित्री सडकहरूमा प्रहरी परिचालन गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालयले महोतरीले बताएको छ।


   

 

प्रकाशित: ३० असार २०७५ ०६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App