१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्वप्रम शरिफ पक्राउ, पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव

पेसावर- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ पक्राउ परेका छन्। शुक्रबार पाकिस्तानको पेसावरस्थित विमानस्थलमा ओर्लिएलगत्तै उनलार्इ पक्राउ गरिएको हो। पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए।

सरिफलाई हालैमात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो। इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उहाँलाई १० वर्ष कारावासको फैसला गरेको हो।

सो फैसलाको समयमा लन्डनमा रहेका सरिफलाई हिजो स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ। उनलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा भने नयाँ उतार चढाव आएको छ। 

पाकिस्तानमा यही जुलाई २५ मा संसदको निर्वाचन हुन लागेको छ। सो निर्वाचनको प्रचार प्रसार अभियान शुरु भइसकेको छ। निर्वाचनको पूर्व सन्ध्यामा उनलाई यसरी नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथल हुने अनुमान गरिएको छ। 

उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाएको बताउँछन्। लन्डनबाट पनि हिजो स्वदेशका लागि प्रस्थान गर्नुअघि उनले सार्वजनिक गरेकाे एक भिडियोमा भनेका थिए, “म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन्।” 

उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ। श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डन गएका थिए। उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन्।

प्रायः उतारचढावपूर्ण रहेको पाकिस्ताको राजनीतिक यात्रा सरिफको पक्राउपछि भने कता मोडिने हो भन्ने कौतुहल पाकिस्तानी नागरिकको रहेको बताइन्छ। 

प्रकाशित: ३० असार २०७५ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App