१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा बाढीबाट मृत्यु हुनेहरुको संख्या २०४ पुग्यो

तस्विर : एजेन्सी


टाेकियाे - जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेहरुको संख्या २०४ पुगेको छ।  

बाढीमा केयौं मानिसहरु हराइरहेका छन् । प्रधानमन्त्री सिन्जो आबे जापानको बाढी प्रभावित क्षेत्र मोतोयामाको भ्रमणमा गएका छन्।

बाढीका कारण ठूलो क्षति पुगेको सो क्षेत्रमा प्रधानमन्त्री आबे शुक्रबार पुगेको अधिकारीहरुले जनाएका छन् ।उनले सो क्षेत्रमा पुगेर उद्धार र सहयोगका काममा भएका प्रगतिहरुकोबारेमा जानकारी लिएका थिए ।

उनले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धार र सहयोगका काममा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।बाढी प्रभावित क्षेत्रमा सहयोग र उद्धारका लागि ७० हजारभन्दा बढी उद्वारकर्मी खटिएका छन् ।

प्रकाशित: ३० असार २०७५ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App