वैशाखको महिना, लामो समयदेखि पानी परेको थिएन । चारैतिर सुख्खा र गर्मी थियो । खोला नाला सुकिसकेका थिए । वातावरण निकै उराठलाग्दो थियो।
पेटभरि चारो खान नपाएर चराचुरुङ्गीहरू निरास थिए । पानी र चारोको खोजीमा यताउति भौतारिन्थे । तर पेटभरि चारो पाउन्नथे । गर्मीले आत्तिएपछि रुखको हाँगामा आएर बस्थे ।एउटा रुखमा दुई चारोटा कौवा बसिरहेका थिए । त्यस्तैमा कटुवाल कौवा ‘काँ काँ’ गर्दै त्यही आयो । नजिकैको हाँगामा बस्दै बाउ कौवाले पिपलको रुखमा डाकेको सन्देश सुनायो । ‘किन बोलाएका होलान् ?’ त्यहाँ भएका कौवाले जिज्ञासा राखे।
‘खोई, त्यो त मलाई पनि थाहा छैन । सबैलाई बोलाएर आउनु भनेका छन्, मलाई यत्ति थाहा छ । लौ छिटो जाओ । म अरुलाई खबर गर्न हिँडेँ ।”यसो भन्दै कटाले कौवा भुर्र उडेर गयो ।बाउ कौवा समूहका नाइके थिए । अरु कौवाले उनका कुरा मान्थे । कुनै समस्या परेको बेला सबै कौवा उनैसँग सल्लाह लिन्थे । बाउ कौवाको कुरा कसैले काट्दैनथे ।एकैछिनमा ठूलो पिपलको बोटमा सबै कौवा जम्मा भइसकेका थिए । ‘किन बोलाएका होलान् ?’ सबैका मनमा यस्तै जिज्ञासा थिए।
आफ्नो समूहका कौवा जम्मा भएपछि बाउ कौवा बोले, ‘सुख्खा लाग्यो, वनका फलफूल सकिए । खानेकुरा नभएर भोकै बस्नु पर्ने अवस्था आयो । गाउँ गयो भने मानिसले ढुङ्गा हान्छन् । अब के खाएर बाँच्ने हो ? यसै विषयमा छलफल गर्न तिमीहरूलाई बोलाएको हुँ।’
‘लौ जा । यो त बेल पो हो ।’ रुखको नजिक पुगेपछि बाउ कौवाले भने ।‘के भयो त ?’ युवा कौवाले प्रश्न गरे ।‘हामी बेल खान सक्दैनौँ भन्ने कुरा थाहा छैन तिमीलाई ?’ बाउ कौवाले भने ।‘किन र सबैले खाएकै छन् ।’ मसिनो स्वरमा एउटाले भन्यो ।
बाउ कौवाको कुरा सुनेपछि सबै कौवा भावुक भए । आमा कौवा नजिकै थिइन्, उनले भनिन्, ‘भोकमरीले गर्दा साना चल्ला हुर्काउन पनि धौ धौ भइरहेको छ । सबै मिलेर केही निकास निकाल ।’केहीबेर खासखुस चल्यो । केही समयपछि एउटा तन्नेरी कौवाले भन्यो, ‘यो ठाउँ छोडेर अन्तै जाऔँ । नयाँ ठाउँमा केही खान पाइन्छ कि।’
‘हुन्छ जाऔँ ।’ अरु केही कौवाले समर्थन जनाए ।‘धत्, आफू जन्मे हुर्केको ठाउँ छोडेर कहीँ जानु हुँदैन । नयाँ ठाउँमा गयो भने झन् दुःख पाइन्छ ।’ एउटा पाको कौवाले आफ्नो विचार राख्यो । ‘उनले भनेको ठीक हो । चर्नका लागि नयाँ नयाँ ठाउँमा गए पनि साँझ आफ्नै थलोमा फर्कनुपर्छ । आफू जन्मेको ठाउँ छोड्नु राम्रो हुँदैन ।’ सोही उमेरका अरु कौवाले भने।
दुई पक्षका बीच चर्को बहस भयो । धन्न ठुँगाठुँग भएन ।वातावरण अशान्त भएको देखेपछि बाउ कौवा बोले, ‘चुप लाग । तिमीहरुलाई झगडा गर्न बोलाएको हुँ र !’बाउ कौवाको कडा बोली सुनेर सबै कौवा चुप लागे । वातावरण शान्त भयो । त्यसपछि बाउ कौवाले भने, ‘युवा कौवाहरू चारैतिर जाऊ र खाने चारो र पानीका स्रोत खोजेर आऊ । त्यति बेलासम्म हामी यहीँ बस्छौँ ।’
बाउ कौवाको कुरा सुनेपछि युवाहरू एकै ठाउँमा जम्मा भए । को कता जाने भन्ने विषयमा छलफल गरे । छलफलपछि एउटाले भन्यो, ‘हुन्छ हामी जान्छौँ । कहीँ केही पाइन्छ कि खबर लिएर आउछौँ ।’‘काँ काँ’ गर्दै युवा कौवाहरू उडेर गए ।रुखमा बसेका कौवाले युवा कौवालाई पर्खिरहेका थिए । युवाहरूले पक्कै राम्रो सन्देश ल्याउँछन् भन्ने कुरामा आशावादी थिए।
पालैपालो युवा कौवा आउन थाले । तर उनीहरूको अनुहार भने मलिन देखिन्थ्यो ।‘केही पाएनौ ?’ बाउ कौवाले सोधे ।युवा कौवा केही बोलेनन् । उनीहरूको अवस्था देखेर रुखमा बसेका कौवा निरास भए ।केही समयपछि अरु दुईटा कौवा आए । उनको अनुहार भने हँसिलो थियो । हँसिलो अनुहार देखेपछि बाउ कौवाले सोधे, ‘केही भेट्यौ त?’
‘भेट्यौँ । अनौठा फल भेट्यौँ । ठूला रुखमा राम्रा फल फलेका छन् । रुखको फेदमा बसेका गोठालाहरूले फल झार्दै खाँदै छन् ।’युवा कौवाको कुरा सुनेपछि अरु कौवा खुसी भए । ‘अब खान पाइने भयो ।’ मनमनै भने । ‘ल जाऔँ ।’ धेरै कौवा एकै स्वरमा बोले । केही समयपछि कौवाको लावालस्कर त्यतैतिर लाग्यो ।‘लौ जा । यो त बेल पो हो ।’ रुखको नजिक पुगेपछि बाउ कौवाले भने ।‘के भयो त ?’ युवा कौवाले प्रश्न गरे।
‘हामी बेल खान सक्दैनौँ भन्ने कुरा थाहा छैन तिमीलाई ?’ बाउ कौवाले भने ।‘किन र सबैले खाएकै छन् ।’ मसिनो स्वरमा एउटाले भन्यो ।‘उनीहरू फुटाउन सक्छन् र खान्छन् । हामीले कसरी खान सक्छौँ ?’ बाउ कौवाले अगाडि भने, ‘बेल पाक्यो, कौवालाई हर्ष न विस्मात भन्ने त उखानै छ।’
बाउ कौवाको कुरा सुनेपछि सबै कौवा निरास भए । एक दुईटा कौवाले पाकेको बेल ठुँग्न खोजेका थिए तर उनको चुच्चो भाँचिएलाजस्तो भयो ।‘अब के गर्ने होला ?’ युवा कौवा साउतीको भाषामा बोले ।‘मुखमा परेको आहारा पनि खेर जाने भयो ।’ उनीहरू यसै भनिरहेका थिए ।‘हिँड जाऊँ ।’ बाउ कौवा उडेर गए । धेरै कौवा निरास हुँदै उनैका पछि लागे।
केही युवा कौवा त्यहीँ बसेर छलफल गर्न थाले ।‘कुनै उपाय त निकाल्नै पर्छ । संसारमा असम्भव भन्ने कुरा केही छैन भन्छन् ।’ एउटाले भन्यो ।‘कुरो त ठीकै हो । तर के उपाए हुन सक्छ ?’ निरास हुँदै अर्कोले भन्यो ।उनीहरू बेलको हाँगामा बसेर छलफल गरिरहेका थिए । रुखमुनि गोठालाहरू पाकेका बेलको गुदी खाँदै रमाइरहेका थिए ।
त्यस्तैमा एउटा गोठालाले एउटा बेल समायो र नजिकै रहेको ढुङ्गामा पछा¥यो । बेल फुटेर टुक्राटुक्रा भयो । गोठालाले भित्रको गुदी खान थाल्यो ।चतुरे कौवाले यो सबै दृश्य देखिरहेको थियो । ‘काँ काँ’ गर्दै खुसी व्यक्त ग¥यो ।‘के भयो ? किन अत्तालिएको छस् ?’ अरुले सोधे ।‘उपाय निकालेँ ।’ युवा कौवाले खुसीले पखेटा फटफटायो ।‘कस्तो उपाय ?’ अरुले सोधे।
‘लौ हेर ।’ यसो भन्दै एउटा पहेलो बेललाई दुवै खुट्टाले समाएर हावामा उड्यो ।‘यसले के चटक गर्दै छ हँ ।’ यसो भन्दै अरु कौवा उसको पछिपछि गए ।अलि पर पुगेपछि चतुरे कौवाले बेलको दानालाई तल खसाल्यो । तल कडा चट्टान थियो । बेलको दाना प्याट्ट फुट्यो । पाकेको गुदी वरिपरि छरियो ।चतुरे तल झर्यो । उसका साथीहरू पनि ऊसँगै तल झरे । ‘लौ सबै मिलेर खाऔँ ।’ नजिक पुगेर चतुरेले भन्यो । सबैले बेलको गुदी खाए ।
‘आहा क्या मिठो !’ उनीहरू खुसी भए । सबैले चतुरेको बुद्धिको प्रशंसा गरे । उसलाई धन्यवाद दिए ।
त्यसपछि अरुले पनि बेलको दाना टिप्ने र फोर्ने काम गरे ।सबै जना टन्न अघाएपछि चतुरेले भन्यो, ‘ल, अरुलाई बोलाउन जाऔँ ।’चतुरे बुद्धिमान नेता भैसकेको थियो । उसको कुरा सबैले माने । अनि सबै जना अरु कौवा भएतिर उडे ।
प्रकाशित: ३० असार २०७५ ०५:१७ शनिबार