coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

खेल मैदान नभएपछि डडेल्धुरामा पेनाल्टी सुटआउट

डडेल्धुरा– डडेल्धुरामा पहिलो पटक फुटबल पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिएको छ। खेलकुद मैदान नभएको सदरमुकाममा फुटबल प्रतियोगिताको आयोजना गर्न सम्भव नभएपछि पहिलो पटक पेनाल्टी सुटआउट प्रतियोगिताको आयोजना गरिएको हो। सामाजिक एकता क्लबको आयोजनामा आजदेखि मैत्रीपूर्ण खेलहरु नक आउट चरणमा हुँदैछन्।

‘वान किक वान गोल’ भन्ने नारासहित दिर्घ जीवनका लागि खेल भन्दै प्रथम मैत्रीपूर्ण फुटबल पेनाल्टी सुटआउट प्रतियोगिता २०७५ को आयोजना गरिएको प्रतियोगितामा ३७ टिमले सहभागिता जनाएका छन्। पेनाल्टी सुटआउटका लागि गोर रक्षकसहित ६ जनाको टिमले भाग लिन पाउने भएपछि ३७ टिमले नाम दर्ता गराएको क्लबका आयोजक सामाजिक एकता क्लबका अध्यक्ष रवी केसीले बताए। 

सदरमुकाम तुफानडाँडामा रहेको ज्ञानोदय मावि बोर्डिंक स्कुलको मैदानमा आयोजना गरिएको प्रतियोगितामा एक टिम बाट ५ जनाले गोल हान्न पाउने छन्। 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १५ हजार सहित ट्रफि, मेडल प्रमाण पत्र, द्वितीयलाई नगद ८ हजारसहित ट्रफि, मेडल प्रमाण पत्र र उत्कृष्ट गोल रक्षकलाई नगद ५ हजार मेडल प्रमाणपत्र प्रदान गरिने आयोजक सामाजिक एकता क्लबले जनाएको छ।

प्रकाशित: ३० असार २०७५ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App