कथा

अन्तिम काम

शनिबार, ३० असार २०७५, ०८ : ३८ रत्न प्रजापति

‘काम गर्ने मान्छे पनि राख्नुमात्रै हो, कहिल्यै समयमा आउने होइन ।’ यसो भन्दै आशा ओछ्यान मिलाउन थालिन् । उनको घरमा बिहान–बेलुका खाना बनाउने, सफा गर्ने र लुगा धुने काम गर्ने गंगा अझैसम्म आएकी थिइन्।

आशाले आफ्नो र केटाकेटीको ओछ्यान मिलाइसक्दा पनि गंगा आइपुगिन् । अब कति पर्खनु भन्ने सोच्दै गंगा आउनुअघि नै आशा आफैंले चिया पकाइन् र लोग्नेलाई पनि दिइन् । दुवैजना सँगै बसेर चिया खाए । आशाको लोग्नेलाई बिहानै कलेजमा पढाउन जानुपर्ने।

त्यसैले उनी चिया खाएर गइहाले । आशाचाहिँ खाना खाएर अफिस जाने हुँदा चिया खाइसकेर केटाकेटीका स्कुल ड्रेसमा आइरन लाउन थालिन् । घर सफा गर्ने र खाना पकाउने काम बाँकी नै थियो । त्यो कामचाहिँ गंगाले गर्छे । हप्तामा दुई पटक लुगा धुने काम पनि उसैले गर्छे ।साहै् दुःख पाएकी आइमाई भनेर विनिता दिदीले भन्नुभा भएर गंगालाई काम गर्न राखेकी थिइन्, आशाले । एक जना सहयोगी चाहिएको नै थियो उनलाई ।

एक्लैले भ्याउन गाह्रो । त्यसमाथि उभिएर धेरैबेर काम गर्दा कम्मर दुख्ने बानी छ उनको । दिनभरि अफिसको कामले थाकिने हुँदा बेलुका पनि भातभान्सा गर्नै गाह्रो । यहीँ समस्या बुझेर विनिता दिदीले काम गर्न गंगालाई ल्याइदिनुभा’को थियो ।भर्याङमा जुत्ताको फ्यासफ्यास आवाज आयो । सायद गंगा आएकी होली । यसैगरी फ्यास्फ्यास् जुत्ताको आवाज निकालेर भर्याङ उक्लिने बानी छ उसको ।‘किन ढिला गरेकी ? अफिस जान ढिला हुन आँटिसक्यो ?’ गंगालाई देख्नेबित्तिकै आशाले हकारेझैं भनिन् ।

‘के गर्नु दिदी, लोग्ने मुर्दोले छोडेन । चिया पकाएरमात्रै जा भन्नथाल्यो । त्यही भएर अलि ढिलो भो दिदी । नरिसाउनु है दिदी ।’ गंगाले पहिला सुस्केरा हाली । अनि पछि नम्र भएर भनी ।‘ए, तिम्रो लोग्ने आयो ?’ आशाले उत्सुकतावश भनिन् । अस्तिमात्रै गंगाले लोग्ने नफर्केको एक हप्ता भयो भनेकी थिई।

‘हो दिदी, यतिका दिन कताकता बरालिएर मुन्टियो ।’ उसले अलिकति रिसाएर भनी, ‘लोग्ने मुर्दोले मलाई कहिल्यै सुखले बाँच्न दिने भएन दिदी ।’ गंगाले फेरि लामो सुस्केरा हाली । सुस्केराबाटै थाहा हुन्छ, ऊ लोग्नेसँग खुसी छैन । बरु लोग्नेकै कारण ऊ पिरोलिएकी छ ।

गंगा कोठा, बरण्डा र भर्याङ बढार्न थाली । आशाले तरकारी केलाउन उसलाई सघाइदिइन् । बढारिसकेर ऊ हिजो बेलुकीका जुठा भाँडाहरू माझ्न थाली । ऊ एकतमासले निहुरिएर भाँडा माझिरही । अनुहार फुङ्ग उडेको थियो, पीरमा डुबेजस्तो । आशालाई ऊसँग बोल्न मन लाग्यो ।

‘तिम्रो लोग्ने कुनै काम किन गर्दैन गंगा ?’ आशाले मौनता भंग गर्दै सोधिन् । ‘खोई, उसैलाई सोध्नुपर्छ । जहिले पनि काम खोजिरा’छु मात्रै भन्छ । कस्तो काम खोजेको हो कुन्नि । काम खोज्न गा’को मान्छे जहिले नि त्यही सानुमायाको भट्टीपसल वरिपरि घुमिरा’को देख्छु ।’ उसले उपेक्षापूर्वक भनी ।‘अनि तिम्रो लोग्ने पुलिसमा थियो भनेकी होइनौं त ?’ ‘हो नि, काँतर मुर्दो । मरिन्छ भनेर डरायो । माओवादीको युद्ध चलेको बेला चौकीबाटै भागेर आयो ।’

‘हुन त हो दिदी, तर सबै काम सके पनि अझै एउटा काम त बाँकी नै छ नि दिदी ।’ गंगाले अलि गम्भीर भएर भनी ।‘कस्तो काम ? सासूससुरालाई स्याहार्ने काम ?’ आशाले निकै उत्सुक भएर सोधिन् । ‘होइन, लोग्नेलाई रिझाउने काम ।’ यसो भन्दै गंगा जानलाई तयार भई ।

‘त्यसपछि अन्त कतै जागिर खाएन त ?’‘पाए पो खानु दिदी । कसले दिन्छ त्यस्तो लफुङ्गोलाई जागिर ! कत्राकत्रा पढेलेखेका मान्छेले त जागिर नपाएर हल्लनटट्टु भइरहेको बेलामा त्यो जाबो एसएलसी पासलाई कसले दिन्छ जागिर ! कतै गार्डसार्डमै भए पनि काम थालन, छोराछोरीलाई पढाउन लेखाउनै गाह्रो भइसक्यो ।

ऋण सापटीले मात्रै कति दिन चल्छ भन्छु, कुरै सुन्ने होइन मुर्दोले । जहिले नि काम खोजिरा’छु मात्रै भन्छ । कस्तो काम खोजेको हो, मैले त केही बुझ्नै सकेकी छैन । रिसाएर भनुँ भने कुट्ला भन्ने डर छ मुर्दोले । उसैले कुटेर दुखेको ढाड अझै निको भा’को छैन । बस्दा उठ्दा अझै दुख्दैछ । जोरीपारीले पनि लफुङ्गोकी स्वास्नी भनेर हेप्न थालिसके । लोग्ने लफुङ्गो भएकै कारण मैले यसरी अर्काको घरमा जुठो... ।’

बोल्दाबोल्दै गंगा रुन थाली । आशालाई नरमाइलो लाग्यो ।गंगा खाना बनाउन थाली । आशाले तरकारी पखालिदिइन् । ‘भैगो दिदी, म आफैं गरिहाल्छु नि । हजुर आफ्नो काम गर्नुस् ।’ यसो भन्दै गंगाले आशाले पखालिदिएको तरकारी हातमा लिई ।

‘चिया पकाऊँ दिदी ?’ गंगाले सोधी । आशाले भनिन्, ‘हामीले भर्खरै खायौँ । तिमी खाने भए पकाएर खाऊ ।’उसले आफ्ना लागि चिया बसाली । अनि तरकारी काट्दै आफ्नो बह पोख्न थाली ।...मैले फोनबाटै कति चोटि भनेँ जति गाह्रो भए पनि जागिर नछोड्नू भनेर । युद्ध भनेको सधैँ हुँदैन । एक दिन न एक दिन त शान्ति भइहाल्छ । आफ्नै दाजुभाइसँगको झगडा हो । छिट्टै साम्य भइहाल्छ ।

त्यसपछि त सजिलो भइहाल्छ नि । तर, उसले मेरो कुरै सुनेन । ...आफ्नै आँखाअगाडि कति साथीहरू ढलिसके । कुन दिन आफैँं पनि ढल्ने हो । म त छोडिदिन्छु यस्तो जागिर । ज्यानै नरहने डर भयो । ज्यान भए १० काम गरेर ज्यान पालौँला... । यसो भनेर रातारात भागेर आयो । भगौडा पुलिस भनेर साथीभाइले पनि कत्ति गिज्याए । कैयौँ दिन त लुकेरै बितायो । युद्ध रोकिएपछि अहिले हेर्नुस् त दिदी, पुलिसहरूलाई कस्तो मोज छ । आफ्नो त कर्मै उस्तो...।

छँदा खाँदाको जागिर छोडेर आएपछि कोठाभाडा तिर्नै पनि मुस्किल हुन थाल्यो । म एउटीले यस्तै साँझ–बिहान अर्काको घरमा काम गरेर आएको पैसाले छोराछोरी पढाउनै मुस्किल पर्यो । खान, लाउन र कोठाभाडा तिर्न साथीभाइ र नातागोतासँग सरसापटी मागेर चलाइयो । साँझ परेपछि जाँड धोक्ने बानी परिसकेको मान्छे ! जागिर छोड्यो । तर, जाँड खान छोडेन ।

एक बटुको जाँड र एक गिलास रक्सीकै लागि साथीहरूको पछि लागेर हिँड्न थाल्यो । स्वास्नी र छोराछोरीले खान पाए–पाएनन् भन्ने कुराको उसलाई वास्ता हुन छोड्यो । दिनभरि आफूजस्तै साथीहरूसँग बरालिएर हिँड्ने, तास खेल्ने र साँझ परेपछि भट्टीमा छिरेर जाँड धोक्ने बानीले उसलाई घरपरिवारको कुनै वास्ता भएन । म स्वास्नीमान्छे एक्लैले यताउति गरेर मुस्किलले छोराछोरीलाई पढाइरहेँ । तैपनि कहिलेकाहीँ बेलैमा स्कुलको फिस तिर्न नसक्दा जाँचमा बसाउँदैनन् भन्दै केटाकेटी रुन्छन् । यस्तो सुन्नुपर्दा मुटु कटक्क खान्छ । यताउता सरसापटी गर्दै काम चलाउँदै आएकी छु ।

कसको कुरा सुनेर काम गर्न विदेश जान्छु भन्यो । बेरोजगार भएर बरालिएर हिँड्नुभन्दा विदेश गएकै बेस भनेर मैले दुई जना साथीलाई साक्षी राखेर सहकारीबाट एक लाख रूपैयाँ ऋण लिएर दिएँ । दलाललाई बुझाउन नपुग रकम मैले आफ्नो भा’को एउटा तिलहरी पनि बेचेर दिएँ ।

दलाललाई पैसा बुझाएको महिनौँसम्म विदेशबाट भिसा नआएको भन्दै झुलाए । बल्लबल्ल भिसा आयो भने । अब त विदेशबाट कमाएर पठाउला भनेर म खुसी भएँ । मीठोमीठो सपना देख्न थालेँ । तर, मेरो खुसी धेरै दिन टिकेन । भिसा आयो भनेर दलालले काठमाडौँबाट उडाएर दिल्लीमा लगेर राखेछ । एक महिनासम्म दिल्लीकै एउटा होटेलमा दिनको एक छाक भात खुवाएर राखेपछि आखिरमा विदेश नपठाइकन नेपालै फर्काइदियो । त्यसपछि विदेश त जान पाएन पाएन, दलाललाई बुझाएको डेढ लाख रूपैयाँ पनि डुब्यो... ।

यति भनेर गंगाले आँखामा रसाएको आँसु पुछी । उसको कुराले आशालाई पनि द्रवित बनायो । यो उसको मात्रै समस्या होइन, धेरै नेपालीको समस्या हो । वैदेशिक रोजगारीको नाउँमा धेरै नेपाली ठगिएका छन् । ठग्ने पनि नेपाली नै हुन् र ठगिने पनि नेपाली नै हुन् । आफ्नै साथीभाइले ठगेका छन् ।

चिनजानका मान्छेले ठगेका छन् । सहरका घरैपिच्छे म्यानपावर कम्पनीको बोर्ड झुन्ड्याएका दलालहरूले देशभरिका सोझासिधा नेपाली दाजुभाइहरूलाई वैदेशिक रोजगारीको आकर्षण देखाएर नराम्रोसँग ठगिरहेका छन् । ठगिनेहरूको घरघरमा रुवावासी छ । कतिको घरवासै उठेको छ । पीरैपीरले कत्तिले मानसिक सन्तुलन नै गुमाएका छन्, कतिले आत्महत्या नै गरेका छन् । मन्दिरजस्ता घर मसान बनेका छन् । डुबेको पैसा उठाउने आशमा म्यानपावर कम्पनी धाउने, सरकारलाई गुहार्ने र न्यायालयमा मुद्दामामिला गर्नेहरू कत्ति छन् कत्ति ।

‘विदेश जान नपाएपछि तिम्रो लोग्नेले यतैकतै काम खोजेन त ? पुलिसमा जागिर खाएको मान्छेलाई कुनै प्राइभेट अफिसहरूमा गार्डसार्डको काम पनि त मिल्छ नि ।’ आशाले भनिन् ।‘सबैले यसै भन्थे । तर, ऊ जाबो गार्डको काम गर्दिन भनेर गएन । राम्रै काम गर्छु भनेर बसिरह्यो । कस्तो हो कुन्नि मुर्दोले खोजेको राम्रो काम ।’ गंगाले सुकसुकाउँदै भनी ।‘राम्रो काम नपाउन्जेल गार्डमै भए पनि गएको भए हुन्थ्यो नि त ।’ उसलाई सहानुभूति देखाउँदै भनिन् आशाले ।

‘भनेको त हो नि दिदी, मुर्दोले माने पो । जसको तोरी छैन उसैको नौ मुरी तेल भनेजस्तो खाली फुर्तीमात्रै लाएर हिँड्छ । अहिले त झन् जाँड खाने बानीले कति दिनसम्म कहाँ बेपत्ता हुन्छ भन्नै नसकिने भएको छ । कहिले रातभरि सडकमै सुतेर बिहान घर आउँछ । कहिले हप्तौँसम्म गायव नै हुन्छ । खोलामा डुबेर मर्यो कि गाडीले किचेर अस्पतालमा बेवारिश परेको छ भनेर पीर मात्रै लाग्छ ।’ गंगाले तरकारी चलाउँदै भनी ।‘ए, अझै तिमीलाई त्यस्तो निर्दयी लोग्नेको पीर लाग्छ ?’ आशाले अलिकति जिस्किएर भनिन् ।‘लाग्छ नि दिदी । लोग्ने मुर्दो जेजस्तो भए नि आफ्नै लोग्ने हो । त्यही एउटा लोग्ने नहुँदो हो त दुनियाँले औँलो ठड्याएर अनेकथरि भन्छन् ।’ गंगाले पुलुक्क आशातिर हेरेर भनी । अनि ऊ एक पटक मुसुक्क मुस्कुराई ।

‘हो, स्वास्नीमान्छेका लागि लोग्ने सबथोक नभए पनि धेरैथोक हो । तर, लोग्नेको भूमिका र जिम्मेवारी निर्वाह नगर्ने लोग्नेलाई कसरी लोग्ने भन्नु त नि !’ आशाले अलिकति आदर्शका कुरा गरिन् ।‘बुद्धि बिग्रिएपछि यस्तै त हो नि दिदी । हजुरको जस्तो लोग्ने भए म पनि कति खुसी हुन्थेँ, कति सुखी हुन्थें । पूजा गरेर राख्थेँ लोग्नेलाई । तर, आफ्नो त बुद्धि बिग्रेको लोग्ने पर्यो ।’ यस्तो भन्दै गंगाले फेरि आशातिर पुलुक्क हेरी । आशाले केही भनिनन् । गंगाले हात चलाएको मात्रै हेरिरहिन् ।

कुरा गर्दागर्दै गंगाले खाना बनाइसकी । अनि उसले घडी हेरी र जानलाई हतार गरी । ऊ दिउँसोदिउँसो एउटा स्कुलमा यसैगरी केटाकेटीलाई खाना पकाउने काम गर्छे । त्यो काममा आशाले नै लगाइदिएकी हुन् । यसले गर्दा उसलाई घरखर्च चलाउन अलिकति सजिलो भएको छ । तर, गाह्रोचाहिँ भएको छ उसलाई । बिहानदेखि काम गर्दा बेलुकी जीउ दुखेर सुत्नै सक्दिन भन्छे । तर, के गर्नु, दिनभरि काम गरेर पनि उसको काम सकिँदैन । राति फेरि लोग्नेलाई रिझाउने काम हुन्छ । यो उसको मात्रै होइन, हरेक स्वास्नीमान्छेको काम हो । त्यो काम नगरी स्वास्नीमान्छेको काम सकिँदैन ।

एक रात । गंगा निकै थाकेर सुतेकी थिई । हलचल गर्नै मन नलाग्ने भएको थियो उसलाई । त्यही बेलामा उसको लोग्नेले उसलाई आफूतिर तान्यो । ‘आजलाई होस्, मनै छैन । एकदमै थाकेकी छु ।’ गंगाले सुस्तरी भनेकी थिई ।

‘किन थाक्दिनस् त । दिनभरि को–कोसँग थाक्ने काम गरेसी’ ।’ यसो भन्दै उसको लोग्ने अर्कोतिर फर्केर सुत्यो । बिनसित्तिमा लोग्नेले बात लाएको सुनेर गंगालाई रुन मन लाग्यो । लोग्नेको कठालो समातेर उसलाई भन्न मन लागेको थियो, ‘कोसँग के गरेको देख्यौ र यस्तो बात लाउँछौं हँ ?’ तर उसले केही भनिन । लोग्नेसँग उसको केही लाग्दैन । उसले मुख चलाए उसको लोग्नेले हातै चलाउँछ । रातको बेला रडाको मच्चाउनुभन्दा सहनु बेस ठानेर उसले सहिदिई।

अर्को दिन बेलुकी फेरि अबेरसम्म गंगा आइन । खाना बनाउन ढिला हुन आँटिसक्यो । आशाका श्रीमान भोकाएर आउने बेला भइसक्यो । आशालाई चिन्ता लाग्न थालिसक्यो । आज आशालाई पनि अलि बिसन्चो अनुभव भइरहेछ । काम गर्ने जाँगरै छैन ।

गंगा आइन । तर, उसको फोन आयो । ‘दिदी, आज गाउँबाट सासूससुरा आउनुभा’को छ । म आउन भ्याउँदिनँ होला ।’‘त्यसो नभन न गंगा । आज मलाई पनि अलि सञ्चो भएन । जसरी भए पनि मिलाएर एकछिन् आऊन ।’ आशाले भनिन् ।गंगा बोलिन । सायद ऊ दोधारमा परी ।

एक छिन्पछि गंगा सुस्केरा हाल्दै टुप्लुक्क आइपुगी । आशालाई हलुका महसुस भयो । ‘ए, तिमी आयौ ? हेरन, आज मलाई पनि अलि सन्चो भएन । हलचल गर्नै मन लागिरा’ छैन ।’ आशाले जीउ तन्काउँदै भनिन् ।गंगा केही नबोली आफ्नो काम गर्न थाली । उसको ज्यान यता भए पनि मनचाहिँ सायद उतै थियो, डेरातिर ।

गंगाले आफ्नो सबै काम सक्दा राति अबेर भइसकेको थियो । आशाले भनिन्, ‘आज अबेर पनि भइसक्यो । मलाई पनि अलि सन्चो छैन । राति तातोपानी तताएर दिनुपर्ला । आज तिमी यतै बसन है ।’‘नाइँ दिदी, म जानुपर्छ ।’ गंगाले बस्न मानिन ।‘किन र ? घरको काम सकेरै आएकी होइन र ?’ आशाले सोधिन् ।‘हुन त हो दिदी, तर सबै काम सके पनि अझै एउटा काम त बाँकी नै छ नि दिदी ।’ गंगाले अलि गम्भीर भएर भनी।

‘कस्तो काम ? सासूससुरालाई स्याहार्ने काम ?’ आशाले निकै उत्सुक भएर सोधिन् ।‘होइन, लोग्नेलाई रिझाउने काम ।’ यसो भन्दै गंगा जानलाई तयार भई ।त्यसपछि आशाले केही भनिनन् । गंगा बिस्तारै भ¥याङ ओर्लेर उसैगरी जुत्ताको फ्यासफ्यास आवाज निकालेर गई ।आफ्नो पनि अन्तिम काम बाँकी नै रहेको सम्झेर आशा एक्लै फिस्स हाँसिन् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad