८ वैशाख २०८१ शनिबार
राजनीति

विमानस्थलदेखि लगेज हाल्न मिल्ने बस गुड्नेछन्ः प्रधानमन्त्री

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार संसदबाट राष्ट्रका नाममा सम्बोधन गर्दै विमानस्थलदेखि लगेज हाल्न मिल्ने बस सञ्चालन गर्ने उल्लेख गरेका छन्।  एक घन्टा लामो सम्बोधनमा उनले यस्तो योजना अघि सारेका हुन्।

‘विमानस्थल र विमानस्थल बाहिर व्यहोर्नुपर्ने सास्ती घटाउन विमानस्थलदेखि नयाँ बसपार्कसम्म लगेज राख्न मिल्ने गरी निश्चित समयमा गुड्ने ठूला बस सेवा सञ्चालनमा ल्याइनेछ’, प्रधानमन्त्री दाहालले भनेका छन्।

अहिले सरकारी स्वामित्वको साझा यातायात तीन घन्टाको फरकमा कलंकीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने गर्छ। विमानस्थलसम्म सार्वजनिक यातायातको पहुँच नपुग्दा वैदेशिक रोजगारीमा जाने न्युन आए भएका सर्वसाधारण ट्याक्सीलाई महँगो भाडा तिर्न विवश छन्।
प्रधानमन्त्री दाहालले कति महिनाभित्र लगेज हाल्न मिल्ने बस सञ्चालनमा आउने हो भन्ने उल्लेख गरेका छैनन्।

 

प्रकाशित: २३ भाद्र २०७३ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App