८ वैशाख २०८१ शनिबार
समाज

डाक्टर राई दम्पतीको उपचारमा सरकारको सहयोग

दमक– भुटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई र उनकी पत्नी उर्मिलाको उपचारका लागि सरकारले १२ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

दमक नगरपालिकामा प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहालले डा. राईसहित पत्नीको स्वास्थ्य उपचारका लागि १२ लाख ५० हजार रुपैयाँ प्रदान गरे । नेपाल सरकारका तर्पmबाट १० लाख र प्रधानमन्त्री केपी शर्मा ओलीबाट १ लाख, जिल्ला समन्वय समितिका तर्पmबाट १ लाख र नगरपालिकाका तर्फबाट ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए।

डा. राईले दमकमा लामो सयमदेखि शरणार्थीसहित स्थानीय बासिन्दाको स्वास्थ्य उपचारमा सहयोग पु¥याउँदै आएका थिए । उनको आन्द्राको दोस्रोपटक शल्यक्रिया गरिएको हो । एक महिनाअघि राईको आन्द्राको शल्यक्रिया भएको थियो । यस्तै राई पत्नी उर्मिला दुवै मृगौला फेल भएपछि साताको दुई दिन डाइलासिस गराउँदै आएकी छिन् । डा. राईको उपचारमा सघाउन भुटानी तथा स्थानीयले अहिले ५ लाखभन्दा बढी सहयोग गरिसकेका छन् ।

प्रकाशित: ३० असार २०७५ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App