८ वैशाख २०८१ शनिबार
समाज

राजधानीका खोलाको बहाव बढ्न सक्ने

काठमाडौं - काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा लगातारको भारी वर्षासँगै त्यस आसपासका खोलामा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ ।

विभागले आफ्नो आधिकारिक ट्विटर पेज मार्फत बाढी आउन सक्ने चेतावनी दिएको हो। शिवपुरी, सुन्दरीजल, सांखु लगाएतका क्षेत्रमा शुक्रबार साँझ ठूलो वर्षा भएपछि धोवी खोला, बागमती, नागमती, सालिनदी–मनोहरा लगाएतका क्षेत्रमा बाढी आउन सक्ने विभागले जनाएको छ। खोला आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ।

बुढानिलकण्ठ-आसपास पनि विष्णुमती नदीमा बहाब बढ्ने सम्भावना रहेको विभागले जनाएको छ। 

२९ असार, बेलुकी ६ बजे:
हाल काठमाडौंको उत्तरपुर्वी क्षेत्र- शिवपुरी, सुन्दरीजल, सांखु लगायतको क्षेत्रमा ठुलो वर्षा शुरु भएको छ। केहीवेरमा धोवी खोला, बागमती, नागमती, सालिनदी-मनोहरा लगायतमा आकस्मिक बाढी आउने संभावना छ। खोला आसपास सतर्क रहौं। pic.twitter.com/P0M7BzELYW

— Nepal Flood Alert! (@DHM_FloodEWS) July 13, 2018

 

प्रकाशित: २९ असार २०७५ १४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App