सात हजार टन रासायनिक मल बिक्री

शुक्रबार, २९ असार २०७५, १५ : २८ नागरिक

धनगढी – कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि ७ हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ। 

सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको सो कार्यालयले गएको चैतदेखि हालसम्म डिएपी २ हजार ७७४, युरिया ४ हजार ४८१ र पोटास ९५ टन मल बिक्री गरेको छ। 

२ सय २५ भन्दा बढी सहकारी संस्थामार्फत कम्पनीले उक्त अनुदानित मल बिक्री वितरण गर्दै आएको छ। कम्पनीले डिएपी प्रतिक्विन्टल ४ हजार ५५२, युरिया १ हजार ६५२ र पोटास ३ हजार ३५२ मा सहकारीलाई बिक्री गर्दैआएको छ। 

सहकारी संस्थाले ढुवानी र प्रशासनिक खर्च जोडेर किसानलाई मल बिक्री गर्ने गरेको छ। कार्यालय प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार कम्पनीको गोदाममा आहिले युरिया ६६० टन, डिएपी ५६ टन र पोटास १६६ टन मौज्दात छ। धानखेती गर्न कैलालीमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको पाण्डेयले बताए। 

खपत वर्षेनी बढ्दै जाँदा १५ प्रतिशतभन्दा बढी परिमाणको मल आपूर्ति गरेर बिक्री गर्नुपरेको कार्यालय प्रमुख पाण्डेयले बताए। प्रदेश नं ७ को डोटी र कञ्चनपुर बाहेकका जिल्लामा कृषि सामग्री कम्पनी धनगढी कार्यालयमार्फत मल बिक्री वितरण गरिँदै आएको छ।  (रासस)








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad