८ वैशाख २०८१ शनिबार
राजनीति

देशभक्तीको लागि उत्तर कोरिया प्रेरणाको स्रोत : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि उत्तर कोरीयाका राजदूत किम योङ हकले शिष्टाचार भेटवार्ता गरेका छन्।

गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो।

भेटमा गृहमन्त्री थापाले   पछिल्लो समय उत्तर कोरीयाले अमेरीका र दक्षिण कोरीयासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे। थापाले देशभक्तीको लागि उत्तर कोरीया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गरे।

गृहमन्त्री थापाले उत्तर कोरीयाले गार्मेन्ट लगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको गरीरहेको आफुले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफुहरु ईच्छुक रहेको बताए।

राजदूत हकले नेपाल र उत्तरकोरीयाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाईमा पुर्‍याउनुपर्नेमा जोड दिए।

उनले नेपालमा रोजगारीका लागि आउने कोरीयाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटीलो हुँदा समस्या रहेको बताएका थिए। जवाफमा गृहमन्त्री थापाले सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चलिने बताए।

राजदूत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गईरहेको आफुहरुको राष्ट्रिय दिवसमा उत्तर कोरीया भ्रमणका लागि गृहमन्त्री थापालाई आग्रह गरे।

 

प्रकाशित: २९ असार २०७५ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App