चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत

शुक्रबार, २९ असार २०७५, ११ : ११ नागरिक

पोखरा - चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ ।

तनहुँ, भानु नगरपालिकाका–३, तीनकुने टोलका छवर्षीय विशाल श्रेष्ठको परिवारलाई नेपाल सरकारका तर्फबाट उपलब्ध गराइएको रु १० लाख राहत आज प्रदान गरिएकाे हाे ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गाउँमा नै पुगेर बालकका बुबा वीरेन्द्र र आमा रुपालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै संरक्षण शिक्षाको विस्तार, सुरक्षित तारबार, पूर्वसूचना प्रणालीको विकास, प्रदेशमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना, प्राणी उद्यान केन्द्र निर्माणलगायत नीति सरकारले ल्याउने तयारी गरेको जानकारी दिए ।

उद्योग मन्त्रालयका प्रदेश सचिव डा बुद्धिसागर पौडेलले मृतकका परिवारलाई तत्काल राहतस्वरुपको रकम दिने पहल थालिए पनि प्रक्रिया लामो हुन पुग्दा ढिलाइ हुन पुगेको बताए ।

सो अवसरमा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले व्यक्तिगत रुपमा मृतक बालकको परिवारलाई रु २५ हजार सहयोग गर्दै विशालका भाइलाई कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने रकमआफूले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरे । विसं २०७४ फागुन १ गते शिवरात्रिका दिन मामाघर जाँदै गरेका श्रेष्ठलाई चितुवाले साँझ ६ बजे आक्रमण गरी २०० मिटर तल जंगलमा लगेर खाएको अवस्थामा भेटिएको थियो ।








यसमा तपाईको मत

अन्य समाचार

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

एनसेलको दशैं अफर

एनसेलको दशैं अफर

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । ...

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

वेस्टर्न युनियनको उपभोक्ता प्रवद्र्धन अफर

रेमिट कम्पनी वेस्टर्न युनियनले नेपालमा सेप्टेम्बर १८ देखि नोभेम्बर १६सम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्ने...

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकका सात शाखा थपिए

कुमारी बैंकले एकै दिन सात शाखा उद्घाटन गरेको छ । ...

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघुबैंकिङ कार्यालय बूढीबजारमा सदस्य रहेका विष्णुमाया बरालको मृत्यु भएकोले निजले उपभोग...

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड र महिन्द्रा सहकार्यमा

फोर्ड मोटर कम्पनी र महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले संयुक्त रुपमा काम गर्ने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् । ...

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

अब ए५०एसमा सामसङको प्रिमियम क्यामरा फिचर

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए५०एस प्रस्तुत गरेको छ। नयाँ ग्योलेक्सी ए५०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु समेटिएको...

Ncell Footer Ad