७ वैशाख २०८१ शुक्रबार
समाज

आज सुर्यग्रहण, नेपालबाट भने देख्न नसकिने

काठमाडौं – आज सूर्यग्रहण लागेको छ। ज्योतिषका अनुसार बिहान साढे सात बजेबाट सुरु भएको सूर्यग्रहण बिहान १० बजेसम्म रहने छ।

यो सूर्यग्रहण २०१८ को पहिलाे सूर्य ग्रहण हो। यो वर्षको दोस्रो सूर्यग्रहण अगस्ट ११ अर्थात् साउन २६ गते परेको छ।

अाजकाे सुर्यग्रहण नेपाल र भारतबाट भने देख्न सकिने छैन। सूर्यग्रहण दक्षिण अस्ट्रेलियाको मेलवर्न, स्टीवर्ट आइल्याण्ड, अन्टार्कटिका, होबार्ट लगायतका स्थानबाट अवलोकन गर्न सकिने छ।

ज्योतिषले सुर्यग्रहणबाट केहि राशीमा आंशिक प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। ग्रहणलाई नांगो आँखाले नहेर्न उनीहरूले सुझाएका छन्। ज्योतिषका अनुसार ग्रहणको प्रभाव कर्कट, मिथुन र सिंह राशिमा बढी पर्ने छ।

प्रकाशित: २९ असार २०७५ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App