भक्तपुर डुबानमा

शुक्रबार, २९ असार २०७५, ०८ : ४६ हिमाल लम्साल  | @mtlamsal

अविरल वर्षाको कारणले विहीबार भक्तपुर जिल्लाको अधिकांश ठाउँ जलमग्न भयो । भक्तपुरमा मात्रै होइन्,वर्षात्को समयमा काठमाडौं र लतिलपुरको सहरी वस्तीमा नै बाढीको डुबान समस्या देखिन थालेको छ ।

काठमाडौं उपत्यकामा वर्षेनी तिव्रगतिमा जनसंख्या र जनघनत्व बढेसँगै प्राकृतिक ढंगले जमिनमुनि पानी सोस्ने क्रम ह्वात्तै घटेको छ । जसको कारणले वर्षेनी वस्तीमा डुबानको समस्या देखिदैं आइरहेको छ ।  यस अघि वर्षात्को समयमा डुबान नहुने स्थानमा समेत डुबानको प्रकोपको समस्या देखिन थालेको छ । उपत्यकामा खाली ठाउँ भेट्नै मुस्किल पर्छ । जताततै कंक्रिट नै कंक्रिट नै भवन छ । अर्काेतर्फ प्राचीनकालीन राजकुलो तथा नदी क्षेत्रमा बढ्दो अतिक्रमणका कारणले नै बाढीको समस्या उब्जिएको हो।

 पूर्वाधार विद् सूर्यराज आचार्य उपत्यकामा अव्यवस्थित कंक्रिटको बस्तीका कारण प्राकृतिक रूपमा जमिनमुनि पानी सोस्ने क्रम घटेसँगै उपत्यकाको वस्तीमा डुबानको समस्या देखिएको बताउँछन् । ‘पहिले प्राकृतिक रूपमा पानी सोस्ने प्रक्रिया भइराख्थ्यो,’ पूर्वाधारविज्ञ आचार्यले भने, ‘अहिले जताततै कंक्रिटका भवन बने, खोला–नदी अतिक्रमणमा परे । पानीको निकास नभएकाले वस्ती नै जलमग्न हुन पुगेको हो।’

उनका अनुसार आकाशेपानी प्राकृतिक रुपमा जमिनमुनि जानै पाउँदैन् । जसको कारणले घरघरमा पानी पसेर डुबान हुने समस्या देखिएको हो । वातावरणविद् भूषण तुलाधार  अव्यवस्थित सहरीकरणकै कारणले उपत्यकामा बाढी तथा डुबानको प्रकोप देखिएको बताउँछन् ।‘उपत्यकामा यस अघि पानी अविरल वर्षात् हुन्थे ।तर,अहिलेजस्तो वस्ती नै डुबानमा पर्दैन्थ्यो,’ उनले भने,‘अहिले सहर बनाउने नाउमा  कालोपत्रे सडक बनायौं । कंक्रिटका घर ठडायौं । जसको कारणले आकाशेपानी जमिनले सोस्नै पाउँदैन् ।

‘कक्रिंट सहरमा पानी नै सोस्दैन, जसले बाढी निम्ताउँछ’

त्यसैले उपत्यकामा बाढीको प्रकोप देखिएको हो।’वातावरण विद् तुलाधारले सरकारले भूमीगतपानी पुर्नभरण,  वृक्षारोपण, खालीठाउँको संरक्षण र खोला किनारा तथा आशपासको क्षेत्रमा हुदैं आएको अतिक्रमण रोक्नुपर्ने बेला भइसकेको छ ।‘कंक्रिटको संरचनाको कारणले आकाशेपानी पर्ने बित्तिकै ढलमार्फत नदी किनारामा पुग्ने गर्छ । अहिले नदीनाला ओभरफ्लो भएर नै वस्तीमा परेका हुन,’ उनले भने,‘अबदेखि सरकारले जनताको घर–घरमा आकाशेपानी संकलन गर्ने केन्द्र बनाउन जरुरी भइसक्यो।

आकाशेपानी संरक्षण गर्न सकेमा मात्रै उपत्यकामा धेरैहदसम्म डुबानबाट जोगाउन सकिन्छ ।’पूर्वाधार विज्ञ सूर्यराज आचार्य राजधानीको ढल निकास प्रणाली व्यवस्थित नहुँदा सडकमा पानी जम्ने गरेको बताउँछन् । ‘योजनाविनै हचुवाका भरमा ढल बनाउँदा अहिले समस्या देखिएको हो,’ उनले भने, ‘अधिकांश सडकमा सानो क्षमताका ढल–पाइप छन्  ।

उपत्यकामा डुबानको कारण कंक्रिटको संरचना, नदीनाला अतिक्रमण

त्यसमा घर–घरबाट निस्कने फोहोरमैला र अकासेपानी दुवै मिसाउँदा ओभर–फ्लो भएको हो ।’ आचार्य अव्यवस्थित सहरीकरणका कारण उपत्यकाको सडक र ढल अस्तव्यस्त भएको बताउँछन् । फोहोरमैला र ढलको छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

डुबानले पानीजन्य रोगको उच्च जोखिम
 वातावरण विद् तुलाधारले वर्षात्को समयमा पानीजन्य रोगको संक्रमण बढ्ने भएकाले सचेतना अपनाउनुपर्ने  सुझाव दिन्छन् ।‘वर्षातको समयमा पानीजन्य रोगको संक्रमण अत्याधिक मात्रामा हुनसक्छ ।

त्यसैले जहाँ पायो,त्यहीको पानी पिउनुहुदैंन,’ उनले भने,‘वर्षात्को समयमा खानेपानी उमालेर ÷पियुसको थोपा राखेर वा फिल्टर गरेर मात्रै पिउनुपर्छ ।’ वर्षात्को समयमा झाडापखला, रुघाखोकी,स्वासप्रश्वास, हैजा, टाइफाइण्ड,आउँ, जन्डिस, भाइरल ज्वरो लगायतका रोगको संक्रमण हुने भएकाले खानेकुरा र पानीमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

सडक विभाग प्रवक्ता मुक्ति गौतम सर्वसाधारणले जथाभावी नालीमा फोहोरमैला फ्याँक्दा ढल साँघुरिँदै गरेको बताउँछन् ।‘सडक किनारामा राखिएका नाली फोहोरमैला फ्याँक्ने भाँडोजस्तै भएका छन्,’ उनले भने, ‘जथाभावी फोहोरमैलाकै कारण नाली पुरिएर समस्या भएको हो ।

सडक विभागले गत पाँच दिनदेखि मजदुर खटाएर नाली सफा गर्ने अभियान सुरु गरेको छ ।’ उनका अनुसार काठमाडौं जिल्लाको विभिन्न चार ठाउँमा टोली खटाएर नाली तथा सडक किनारा छेउछाउ सफा गर्ने काम भइरहेको छ ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad