७ वैशाख २०८१ शुक्रबार
समाज

नौ करोडको लागतमा कानको अस्पताल बन्दै

वीरगन्ज–कानका बिरामीलाई लक्षित गरी वीगन्जमा आधुनिक अस्पताल बनाउन सुरु गरिएको छ।  करिव नौ करोड रुपैयाँको लागतमा वीरगन्ज –१७ बहुअरीमा ‘रुङ्टा वेलफेयर कान उपचार केन्द्र’को निर्माण सुरु गरिएको इम्पेक्ट नेपालका महासचिव डाक्टर बिमल सिन्हाले बताए। वीरगन्ज आदर्शनगरस्थित रुङ्टा वेलफेयर सोसाइटीले अस्पताल स्थापनाको लागि २ करोडभन्दा बढी मूल्य पर्ने चार कट्ठा जग्गा दानमा दिएको हो।
अस्पताल, सामुदायिक विद्यालय र बिपन्न बस्तीमा सहयोग प्रदान गर्ने किसिमका उल्लेखनीय समाजिक कार्य गर्दै आएको सोसाइटीले आफ्नो स्थापना दिवसको अवसर पारी बिहीबार एक औपचारिक समारोहबीच जग्गा हस्तान्तरण गरेको हो। नेपालको मध्य तराईका कानका बिरमीलाई लक्षित गरी पाँच तल्ले भवन बनाउन लागिएको सिन्हाले जनाए।

कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद अनिल रुङटाले यो अस्पताल नेपाल मै नमुना हुने दाबी गरे। पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले वीरगन्ज क्षेत्रमा समाजिक कार्यमा निजी क्षेत्रका समाजसेवी संस्थाहरुको उल्लेखनीय योगदान रहेको भन्दै प्रसंशा गरे।

‘समाजिक क्षेत्रमा र सर्बसधारण तथा गरिब निमुखा जनतालाई लाभ पुग्ने दिशामा हामीले सहयोग प्रदान गर्दै आएका छौं,’ उद्योगी मुरलीधर रुङटाले भने, ‘अस्पताललाई यसै क्रममा जग्गा दान गरेका हौं, हाम्रो यो प्रयास आगामी दिनमा पनि निरन्तर रह्ने छ।’

 

प्रकाशित: २३ भाद्र २०७३ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App