७ वैशाख २०८१ शुक्रबार
राजनीति

आन्दोलनमा उत्रने कर्मचारीको चेतावनी

काठमाडाैं -  चार कर्मचारी संगठनले प्रस्तावित संघीय निजामती सेवा ऐन २०७५ मा नायबसुब्बा वा सोभन्दा मुनिका कर्मचारीलाई मात्र ट्रेड युनियन अधिकार दिने प्रावधान राखिएकोमा विरोध जनाएका छन्। स्वेच्छिक अवकाश योजना बन्द गरिएकोमा समेत ती संगठनको आपत्ति छ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, नेपाल निजामती कर्मचारी युनियन(संघ)का अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले बिहीबार संयुक्त विज्ञप्तिमार्फत ट्रेड युनियनसम्बन्धी व्यवस्था साबिकबमोजिम कायम राखी संघीय निजामती सेवा ऐन निर्माण गर्न, तीनवटै तहमा ट्रेड युनियन सञ्चालन गर्न पाउने कानुन व्यवस्था सुनिश्चित गर्न, कर्मचारीको स्वेच्छिक अवकाश योजना तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।

यसैगरी ती कर्मचारी संगठनले करारमा कार्यरत कर्मचारीको रोजगार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। आफूहरूले राखेका मागलाई बेवास्ता गरी सरकार अघि बढेमा आधिकारिक ट्रेड युनियनमार्फत सबै किसिमका कार्यक्रम अघि बढाउने चेतावनी पनि उनीहरूले दिएका छन्।

प्रकाशित: २९ असार २०७५ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App