८ वैशाख २०८१ शनिबार
कला

पशुपतिप्रसादलाई वर्षको उत्कृष्ट चलचित्रको अवार्ड

प्रषुमा रावल

काठमाडौँ— दयाहाङ राईले वर्षको उत्कृट नायकको अवार्ड हात पार्दा नम्रता श्रेष्ठले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन्। त्यस्तै पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।

बुधबार राजधानीको आर्मी अफिर्सस क्लबमा आयोजीत एलजी फिल्म अवार्डमा कबड्डि कबड्डीबाट राईले उत्कृट नायकका तथा नम्रताले क्यासिकबाट उत्कृट नायिकाको अवार्ड हात पारेका हुन्। पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको अवार्ड तथा उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथाको अवार्ड हात पारेको छ। त्यस्तै करिश्मा मानन्धरलाई दशककी नायिकाको अवार्ड दिइएको थियो। चलचित्र वडा नं.६ को सुर्के थैली बोलको गितले वर्षको उत्कृष्ट गितको अवार्ड हात पार्यो। त्यस्तै चलिचित्र प्रेमगीतका जोडी पूजा शर्मा र प्रदीप खड्कालाई बेष्ट अनस्क्रिन कपल अफ दि इयरको अवार्ड प्रदान गरियो। विगत ४० वर्षदेखि नेपाली कला क्षेत्रमा योगदान पुर्याउँदै आएका उद्धवराज भट्टराईलाई लाइभ टाइम अचिभमेन्टको अवार्डले सम्मान गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन तथा भारतीय अभिनेता शत्रुधन सिन्हा रहेका थिए। उक्त अवसरमा सिन्हाको जिवनीमा आधारित एनिथिङ बट खामोस नामक पुस्तक सार्वजनिक गरिएको थियो।
 

एलजी सिने अवार्डका विजेताः

उत्कृष्ट नायकः दयाहाङ राई कबड्डि कबड्डी
उत्कृष्ट नायिकः नम्रता क्षेष्ठ ,क्लासिक
उत्कृष्ट चलचित्रः पशुपतिप्रसाद
उत्कृष्ट निर्देशकः दिपेन्द्र खनाल ,पशुपतिप्रसाद
उत्कृष्ट पटकथाः खगेन्द्र लामिछाने पशुपतिप्रसाद
उत्कृष्ट कोरियोग्राफरः रेनिशा राई ,प्रेमगित
उत्कृष्ट द्धन्द निर्देशकः हिमाल केसी ,भैरब
उत्कृष्ट संगितकारः अर्जुन पोखरेल ,प्रेमगित
उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल, क्लासिक
उत्कृष्ट ब्याकग्राउन्ड स्कोररः एलिस कार्की, प्रेमगीत
उत्कृष्ट ट्रेलरः साहिल खान, भैरब
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान र संजय लामा, ड्रिम्स
उत्कृष्ट भिएफएक्सः अक्की शर्मा, सत्यम राना, च्याम्पियन
उत्कृष्ट कलरिष्टः अनन्त घिमिरे, क्लासिक
उत्कृष्ट स्टन्टः सिम्पसन तामाङ, भैरब
चर्चित अभिनेताः अनमोल केसी
चर्चित अभिनेत्रीः रेखा थापा

 

 

प्रकाशित: २३ भाद्र २०७३ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App