८ वैशाख २०८१ शनिबार
राजनीति

इन्टरनेट प्रविधिमा नेपाली रचनालाई समेत समावेश गर्नुपर्छः सञ्चारमन्त्री

काठमाडौँ-सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताएका छन्।

सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक)को बिहीबार  उद्घाटन गर्दै मन्त्री कार्कीले नेपाली भाषा तथा साहित्यको अन्तर्राष्ट्रिय तहमा लोकप्रियता बढ्दै गएकाले अब नेपाली साहित्यलाई पनि त्यस्ता प्रविधिमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

उनले सञ्चारका क्षेत्रमा भएका विकास र प्रगतिले सबै क्षेत्रलाई सहज बनाएको बताउँदै सामाजिक सञ्जालका माध्यमलाई गलत ढङ्गले प्रयोग गर्दा अपराधसमेत बढेकामा चिन्ता व्यक्त गरे।

कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष विनोद ढकालले ग्रामीण भेगसम्म सूचना तथा सञ्चारको पहुँचलाई विस्तार गर्न सकेमा देशको विकास हुने विश्वास व्यक्त गरे।

यही भदौ २६ गतेसम्म स्थानीय भृकुटीमण्डपमा सञ्चालन हुने सो प्रदर्शनीमा सूचना तथा प्रविधिमा भएका नयाँ उत्पादन तथा टेलिभिजन, कम्प्युटर, विद्युतीय सामग्रीलगायत ८० वटा कक्ष राखिएको छ । दर्शकले विभिन्न उत्पादनको जानकारी लिनुका साथै आवश्यक सामग्री खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । रासस

प्रकाशित: २३ भाद्र २०७३ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App