७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसीकाे उपचारका लागि सरकारले खटाएका चिकित्सक अस्पताल बाहिरै

जुम्ला - जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारकालागि सरकारले खटाएका चिकित्सक अस्पताल वाहिर बस्न बाध्य भएका छन् । सरकारी चिकित्सकको उपचार सेवा नलिने बताएपछि उपचारकालागि जुम्ला पुगेका बिर अस्पतालका दुई डाक्टर अस्पताल वाहिरबाटै डा केसीको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेका हुन् । ८ दिन देखि जुम्लामै रहेका उनिहरुले डा. केसीको उपचारमा संलग्न चिकित्सकहरु संगको समन्वयमा स्वास्थ्य अवस्था बारेमा जानकारी लिने गरेका छन् । डा. केसीको उपचार उनी अनसनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकै चिकित्सकहरुले गरिरहेका छन्।

डा. केसीको स्वास्थ्य उपचारका लागि भन्दै खटिएका उनीहरुलाई सरकारले उपचारमा संलग्न हुन नपाएपनि जुम्लामै बस्न आदेश दिएको छ । ‘डा. केसीलाई बढि समस्या हुने अवस्थामा हामीहरु उपचारमा सहभागी हुन्छौँ,’ यसर्थ पनि हामीहरु जुम्लामै रहनु पर्छ ।’ सरकारले पठाएका एक चिकित्सकले भने।

डा. केसीको जीवन रक्षाको माग
जुम्ला स्थित चन्दननाथ नगरपालिकाले डा. केसीको जीवन रक्षाको पहल थाल्न केन्द्रीय सरकारको ध्यानाकर्षण गराएको छ । नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गर्दै डा. केसीको स्वास्थ्य अवस्था दिनानुदिन गम्भिर बन्दै गएको भन्दै उनको जीवन रक्षाका लागि केन्द्रीय सरकारको ध्यानाकर्षण गराएको हो । ‘१३ दिन देखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भिर बन्दै गएको छ,’ नगरपालिकाका मेयर कान्तिका सेजुवालले भनिन् ‘डा. केसीको जीवन रक्षा राज्यको दायित्व हो, उहाँको जीवन रक्षाका लागि सरकारले यथासिघ्र पहलकदमी चाल्नु आवश्यक छ।

यस्तै बिहीबारनै डा. केसीका माग पुरा गराउन नेपाल मानव अधिकार संगठनले समेत जुम्लामा बिरोध सभा गरेको छ । डा. केसीका जायज माग पुरा गरेर सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नका लागि संगठनले सरकारलाई दबाब दिएको हो । उसले डा. केसीको जीवन माथि खेलवाड नगर्न चेतावनी दिँदै यथाशक्य उनका माग पुरा गरेर जीवन रक्षाका लागि पहल थाल्न समेत सरकारलाई आग्रह गरेको छ।

प्रकाशित: २८ असार २०७५ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App