coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

एप्पल सिरिज-२ का स्मार्टवाच सार्वजनिक

क्यालिर्फोनिया – विश्व विख्यात अमेरिकन मोबाइल कम्पनी एप्पलले स्मार्ट वाच एप्पल सिरिज–२ सार्वजनिक गरेको छ। बुधबार क्यालिर्फानियामा एक भव्य समारोहबीच आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक कार्यक्रममा एप्पल वाच सिरिज –२ सार्वजनिक गरिएको हो।

यस पटकको एप्पल वाचमा जिपिएस जडान गरिएको,चम्किलो डिस्प्ले र द्रुतगतिको प्रोशेसर रहेको छ। यो पनि सेप्टेम्बर १६ बाट नै बजारमा उपलब्ध हुुनेछ। एप्पलले आफ्नो विगतको स्मार्टवाचमा कमजोरीका रुपमा रहेको ब्याट्री क्षमता यस पटकको स्मार्ट वाचमा गुण्स्तरीय बनाएको बताएको छ। एप्पलले यस स्मार्ट वाचमा वाटर रेसिस्टेन्ट क्षमता भएको र यसको प्रयोग पौडी खेल्दासमेत प्रयोग गर्न सकिने जनाएको छ।

त्यस्तै छिट्टै यस वाचमा पोकेमन गो र न्यु मारियो गेम समेत खेल्न मिल्ने एप्पलले जनाएको छ। एप्पलले यसको प्रोसेसरमासमेत विकास गरिएको जनाएको छ। एस–२ नाम दिइएको यस स्मार्ट घडीमा ड्यिुल कोर प्रोसेसर रहेको र यसमा डबल ग्राफिक्स जिपियु रहेको जनाएको छ।

एप्पल स्मार्ट वाच  गोल्ड, रोज गोल्ड,सिल्भर र स्प्रेस ग्रे एल्मानियम गरी विभिन्न ४ रंगमा उपलब्ध हुने बताइएको छ। यसको बजार मूल्य ३ सय ६९ युरो रहेको एप्पलले जनाएको छ।
 

प्रकाशित: २३ भाद्र २०७३ ०८:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App