४ वैशाख २०८१ मंगलबार
राजनीति

स्वास्थ्य संस्था नछोड्न चिकित्सकलाई सरकारको निर्देशन

काठमाडौं– सरकारले स्वास्थ्य संस्था नछोड्न देशभरका चिकित्सकहरुलाई निर्देशन दिएको छ। 

स्वास्थ्य सेवा विभाग, आर्युर्वेद विभाग, औषधि व्यवस्था विभाग, क्षेत्रीय स्वास्थ्य निर्देशनालयहरु, केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल, जिल्ला अस्पतालहरु, आयुर्वेद चिकित्सालय, अञ्चल/आयुर्वेद औषधालय, जिल्ला आयुर्वेद, स्वास्थ्य केन्द्रहरु, जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थय केन्द्रहरु तथा स्वास्थ्य चौकीहरु नाममा विहीबार निर्देशनात्मक आदेश जारी गर्दै स्वास्थ्य मन्त्रालयले चिकित्सकहरू कार्यालय नआए कारवाही गर्ने चेतावनी दिइएको छ।   

‘पछिल्लो मौसममा प्राकृतिक प्रकोप, बाढी पहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने भएको हुँदा देशभरीको सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नियमित रुपमा कामकाज गर्न, विदामा नछोड्न, विना अनुमति स्वास्थ्य संस्थामा अनुपस्थित नहुन र कुनैपनि किसिमका बन्द हड्ताल घेराउ, प्रदर्शन जस्ता कार्य नगर्न÷नगराउन समेत अनुरोध छ’, स्वास्थ्य मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

‘उल्लेखित क्रियाकलापहरु गरे/गराएको पाइएमा संलग्न स्वास्थ्यकर्मीलाई कारवाही गरिनेछ’, मन्त्रालयले चेतावनी दिएको छ।

प्रकाशित: २८ असार २०७५ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App