४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत

लन्डन- बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने भएको समाचारको अमेरिकाले स्वागत गरेको छ। अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४४० बृटिश सैनिक पठाउने जानकारी बेलायतका प्रधानमन्त्रीले थेरेसा मेले दिएकी हुन्। 

पछिल्लो समयमा अफगानिस्तानको शान्ति सुरक्षामा झन चुनौती थपिएका भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा बेलायतलाई थप सेना पठाउन आग्रह गरेका थिए।

आफ्नो नेटो गठबन्धन बेलायतलाई गरिएको सो आग्रहपछि ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशको बैठकका क्रममा बेलायती प्रधानमन्त्री मेले सो प्रतिवद्धता व्यक्त गरेकाे अधिकारीले जानकारी दिएका छन्। 

उक्त निर्णयको अमेरिकी विदेश मन्त्रालयले स्वागत गरेको समाचारमा जनाइएको छ। विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्पको आग्रहमा बेलायतले सेना पठाउने भनी गरेको निर्णयको स्वागत गरेको बताइएको छ। 

ती सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि ठूलो मात्रामा सघाउने आशा आफूले गरेको जानकारी पनि उनले दिएको समाचारमा जनाइएको छ। 

यो सहित अफगानिस्तानमा बेलायती सेनाको सङ्ख्या एक हजार १०० पुग्ने बताइएको छ। हाल अफगानिस्तामा १६ हजार नेटो सैनिक छन्। 

प्रकाशित: २८ असार २०७५ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App