coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

असारको अन्तिममा बजेट सक्न भ्याइनभ्यार्इ

गुल्मी– आर्थिक बर्ष सकिन लाग्दा जिल्लामा विकास निर्माणका काम धमाधम शुरु भएका छन्। बर्षात् शुरु भइसक्दा सडक ग्राबेल, पिच, पुल, खानेपानी, पाटी, पौवा निर्माणको कामले व्यापकता पाएको छ। 

वर्षायाम शुरु भइसकेकाले विकास निर्माणको कामलाई पानी र बाढीले बिगार्ने समस्या हुने गरेको भएपनि असारे विकास गर्न गुल्मीमा पनि भ्याइनभ्याइ भएको छ। असार मसान्त नजिकिँदै गर्दा एकातिर गुणस्तरहीन काम हुने र अर्कोतिर बजेटको समेत दुरूपयोग हुने गरेको तथ्य सार्वजनिक भईरहदाँ समेत असार विकास निर्माणले तीव्रता पाइरहेको छ। आर्थिक वर्ष सकिन लाग्दा गुल्मीमा पूर्वाधार निर्माणको कामले तिब्रता पाएको छ। 

विगतमा जस्तै यो आर्थिक वर्षमा पनि अन्तिम चरणमा आएर मात्र पूर्वाधार निर्माणको कामले तिव्रता पाएको हो। जिल्लाको सदरमुकाम तम्घासदेखि गाँउसम्म यतिबेला पूर्वाधार निर्माणको काम गर्न भ्याइनभ्याइ छ। आर्थिक बर्ष बित्न लाग्दा जिल्लाका १२ वटै स्थानीय तहमा पूर्वाधार निर्माणको कामले आर्थिक बर्षको अन्त्यमा तिब्रता पाएको हो। आर्थिक बर्षको अन्त्यमा सबै योजना सम्पन्न गर्नैपर्ने भएपछि रकम फ्रिज हुने डरले स्थानीय तहहरुमा धमाधम बिकास निर्माणका काम हुन थालेका हुन्। यो बर्ष जिल्लाका १२ स्थाानीय तहमा स्थानीय तह मार्फत साना ठुला गरि प्रति स्थानीय तह २ सय ५० देखि ६ सयसम्म योजनाहरु संचालनमा छन्। 

गाउँगाउँमा सिहंदरबारको नयाँ संरचना अनुसार साना र मझौला प्रकारका योजना सञ्चालन गर्ने जिम्मा स्थानीय तहले पाएपनि सो समयमै सञ्चालन गर्न नसेकेको गुनासो स्थानीयवासीहरुको छ। पहिले देखिनै आर्थिक बर्षको अन्त्यतिर योजना सञ्चालन गर्ने परम्परा अझै नहटेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए। ‘स्थानीय तह सम्बन्धी नियम कानून समयमै बन्न नसक्दा पनि केही समस्या भएका होलान’, अध्यक्ष पाण्डेले भने, ‘तर स्थानीय तहमा जनप्रतिनिधी आएपछि परिर्वतन आउँला भनेको केही परिर्वतन हुन सकेन, पुरानै शैली अहिले पनि लागु भएको छ।’ उनका अनुसार स्थानीय तहमा पुर्बाधार अन्तर्गत सडक, खानेपानी ट्याङ्की मर्मत, पाइप विस्तार, लगायत विकास निर्माणका योजना बढि मात्रामा पर्ने गरेका छन्। यी योजना संचालन हुँदा तीन पटकसम्म प्राबिधिक योजना स्थलमा पुग्नुपर्ने भएपनि आर्थिक बर्ष सकिन लाग्दा प्राविधिकहरु पनि पुग्नु नपर्ने सजिलै विल पास हुने गरेको उनको भनाई छ। आर्थिक बर्षको अन्त्यमा हतारै हतारमा गरिने काम गुणस्तरीय नहुने स्थानीयको गुनासो रहेको छ। 

गुल्मी दरवार गाउँपालिका २ का कृष्ण भुसालका अनुसार अहिले पनि पुरानै शैलीका आर्थिक बर्षको अन्त्यमा निमार्णका कामले तिव्रता पाउनु दुःखद भएको बताए। ‘स्थानीय सरकार निर्माण भएपनि थोरै भएपनि परिर्वतन आउला भन्ने लागेको थियो’, भुसालले अगाडि भने, ‘आर्थिक बर्ष सकिन लाग्दा र बर्षात् शुरु भइसक्दा सडक ग्राबेल, पिच, पुल, खानेपानी, पाटी, पौवा निर्माणको कामले व्यापकता पाएको छ।’ विभिन्न समस्यै समस्याकाबीच स्थानीय तहबाट सञ्चालन गरिएका साना र मझौला प्रकारका योजना भने सम्पन्न भइसकेका जिल्लाका स्थानीय तहले जनाएका छन्। योजना बढी र प्राबिधिक थोरै भएकाले पनि योजना सञ्चालनमा केही कठिनाइ भएको उनीहरुले बताएका छन्। आर्थिक बर्षको अन्त्यमा गरिने काम गुणस्तर भन्दा पनि काम सक्न बढी हतार हुने मदाने चन्द्रकोट गाउँपालिका तुराङ्गका थानीय बासिन्दा विष्णु गौतमकोे भनाइ छ। नयाँ संरचना र जनप्रतिनिधि आएपछि पुरानो शैली हट्ला भन्ने आशा स्थानीयले गरेका थिए। तर पुरानै शैलीमा आर्थिक बर्षको अन्त्यतिर मात्र योजना संचालन भएपछि बिकास गुणस्तरिय होला भन्ने कुरामा आफु ढुक्क हुन नसकेको गौतमले बताए। 

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीका अनुसार असारमा अहिले निमार्णको काम नभएर भुक्तानीको काम मात्र भैरहेको बताए। ‘अहिले कतै डोजर चलेर काम भैरहेका छैनन् होला’, उनले भने, ‘अघिल्ला बर्षहरुमा जस्तो आर्थिक बर्ष सकिनै लाग्दा विकास निमार्णका काम भएका छैनन, भुक्तानी त दिनै प¥यो।’ उनले स्थानीय तहका नभएर जिल्ला र केन्द्रवाट छुट्टिएका वजेटको काम भएको बताए। 

प्रकाशित: २८ असार २०७५ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App