coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा डुबान (हेर्नुस् भिडियो)

भक्तपुर– बुधबार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका बस्ती डुबानमा परेका हुन्।

डुबानमा परेर तीन जनाको मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन्।
डुबानका कारण भक्तपुरको राधेराधे, मध्यपुर थिमी क्षेत्र, बागेश्वरी, सृजनाचोक र निकोशेरा क्षेत्र ज्यादा प्रभावित भएका छन्। यी क्षेत्रमा घरको पहिलो तलाको आधाआधी भाग पानीले भरिएको छ।

उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ भने स्थानीय अगुवाहरुपनि जुटेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ। बुधबार रातिदेखिको निरन्तर वर्षाले उपत्यकाका भक्तपुर र काठमाडौंका कतिपय स्थानमा डुबान भएको छ, भक्तपुरमा बाढीको प्रभाव छ। मध्यपुरथिमि, सल्लाघारी, सिर्जनानगरलगायतका स्थानमा डुबान भएको छ। 

प्रकाशित: २८ असार २०७५ ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App