साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

बिहिबार, २८ असार २०७५, १२ : ५१ नागरिक

38


विराटनगर – नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ। 

यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करिब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले २ लाख ९७ हजार ९४३ जना मात्र निरक्षर रहेको अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले जनाएको छ। त्यसताका नेपालमा साक्षरता ४३ प्रतिशत थियो भने अहिले करिब साक्षर देश घोषणा हुन सक्ने अवस्थामा पुगेको केन्द्रका उपसचिव बालकृष्ण गैरले जानकारी दिए। 

सरकारले निरक्षरलाई उन्मूलन गर्न र साक्षर देश बनाउन विगतदेखि नै राष्ट्रिय शिक्षा नारालाई परिवर्तन गर्दै यसवर्ष ‘सबैका लागि जीवन पर्यन्त शिक्षा’ कायम गरिएको सन्दर्भलाई यस वर्ष विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिएको पाइयो। ‘साक्षर बनौँ, साक्षर बनाऔँ’ साक्षर नेपाल अभियानमार्फत थालिएको विद्यार्थी भर्ना अभियानमा मोरङ जिल्लाले हासिल गरेको सफलताबाट नै आउँदो भदौ ३१ गते साक्षर जिल्ला घोषणा गर्ने अवस्थामा पुगेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजकुमार थापाले बताए। 

कूल ९ लाख ६४ हजार ४९४ जनसंख्या रहेको मोरङमा २० हजार ३७१ जना निरक्षर छन्। जिल्लाका आठ गाउँपालिका, आठ नगरपालिका तथा एक महानगरपालिकामा विभाजित यो जिल्ला राजनीतिक, आर्थिक र सामाजिक दृष्टिकोणबाट पनि महत्वपूर्ण मानिएको छ। 

घोषणा हुने आधार ९६.५९ प्रतिशत साक्षरता प्रतिशत पूरा गरेकाले साक्षर जिल्ला घोषणा गर्न अहिलेदेखि नै तयार गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख थापाको भनाइ छ। गाउँपालिकामा केराबारी, ग्रामथान, मिक्लाथुङ र पथरीशनिश्चरे नगरपालिकामा शत्प्रतिशत साक्षर रहेको र केही गाउँपालिका एवं नगरपालिका साक्षर जिल्ला घोषणा हुने मापदण्डभित्र नपरे पनि ती गाउँपालिका र नगरपालिकामा साक्षर अभियान जारी नै रहने बताइएको छ। (रासस)







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

श्रीशको ‘अठोट’ बजारमा

श्रीशको ‘अठोट’ बजारमा

पत्रकार श्रीश भण्डारीले बाल र किशोर मनोविज्ञानमा आधारित रहेर नयाँ पुस्तक ‘अठोट’ बजारमा ल्याएका छन् । ...

चन्द्रागिरीमा ‘रोमियो एन्ड मुना’

चन्द्रागिरीमा ‘रोमियो एन्ड मुना’

आगामी साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘रोमियो एन्ड मुना’ले चन्द्रागिरी हिल्समा फिल्मको प्रमोसन कार्यक्रम आयोजना गरेको छ । चन्द्रागिरीमा...

‘स्क्रिप्ट सुन्दा सासै लिन गाह्रो भयो .....’

‘स्क्रिप्ट सुन्दा सासै लिन गाह्रो भयो .....’

फिल्म ‘किस्मत’देखि पछिल्लो फिल्म ‘रुद्रप्रिया’सम्म आइपुग्दा नायक आर्यन सिग्देलले थुप्रै चरित्र निभाए । तर उनको करिअर ग्राफ हेर्ने हो ज्यादाजसो...

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

आवर ड्रिम्स कम्पनीमार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा...