कामदार पनि विश्वकपका लागि उत्सुक

बिहिबार, २८ असार २०७५, १२ : १८ एजेन्सी

दोहा – अबको चार वर्षपछि कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालाले विश्वकपको क्वार्टरफाइनल खेलको आयोजन गर्दै छ। तर मंगलबार रंगशालामा फ्रान्स र बेल्जियमबीचको विश्वकप पहिलो सेमिफाइनल ठूलो पर्दामा देखाइयो।

फ्रान्सले बेल्जियमलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको उक्त खेल हेर्न रंगशालाको फ्यान जोनमा झन्डै ४५ सय मानिस उपस्थित भए । उनीहरू सबैलाई २०२२ को कतार विश्वकपका लागि समय ढल्कँदै गएको थाहा छ । बेल्जिमयलाई समर्थन गरिरहेका एक ३० वर्षे स्थानीय आटिफले प्रतियोगिताको मज्जा उठाइरहेको बताए।

‘खेल निकै प्रतिस्पर्धात्मक रह्यो र रोचक पनि । यस प्रतियोगितामा केही नयाँ राष्ट्र विश्व फुटबलको उदाउँदो शक्तिका रूपमा देखा परेका छन् र यो सुखद पक्ष हो,’ आटिफले भने । तर उनले रूसले प्रतियोगिताको व्यवस्थापन सोचेभन्दा राम्रो गरेकाले कतारलाई अझै राम्रो तयारी र व्यवस्थापन गर्न दबाब परेको बताए।

‘इमानदारीका साथ भन्नुपर्दा हो धेरै दबाब छ । यो मध्य–एसियाली राष्ट्रमा आयोजना हुन लागेको पहिलो विश्वकप हो,’ आटिफले भने, ‘यो प्रतियोगिता कतारका लागि मात्र नभई समग्र क्षेत्रका लागि नै ठूलो उत्सव हो ।’ खेल हेर्नका लागि दोहाभरका मानिस रंगशालामा जम्मा भएका थिए । खेल हेर्ने अधिकांश पुरुष थिए । तर रंगशालामा परिवारका साथ उपस्थित भएका केही महिला पनि उपस्थित थिए।

कतार, भारत, केन्या, बंगलादेश र पाकिस्तानलगायतका राष्ट्रबाट खेल हेर्न जम्मा भएका दर्शकले दुवै टोलीले गोलको अवसर गुमाउँदा पनि उफ्रँदै कराएका थिए । खेल हेर्न परिवारका साथ रंगशालामा उपस्थिगत स्थानीय शिक्षक मोहम्मदले ४ वर्षपछि आयोजना हुने विश्वकपका बारेमा कल्पना गर्न थालिसकेको बताए । ‘हामीले यसभन्दा अघि पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिसकेका छौं,’ उनले भने, ‘त्यसैले हामी रूसको भन्दा राम्रो तरिकाले विश्वकप आयोजना गर्न सक्षम छौं।’

यता रंगशालाको सुरक्षा हेरिरहेका केन्याली एक सुरक्षा गार्डले २०१८ को विश्वकप ठूलो पर्दामा हेरे पनि २०२२ को विश्वकप प्रत्यक्ष हेर्ने तीव्र इच्छा भएको बताए । उनले दुई वर्षे कामदार भिसामा कतार आएको र यहाँ आउनुकोे मुख्य कारण विश्वकप नै भएको बताए।

‘विश्वकप प्रत्यक्ष हेर्न पाएमा मैले आफूलाई भाग्यमानी सम्झनेछु,’ उत्सुक हुँदै उनले भने, ‘मेरो भिसाको अवधि सकिए पनि म २०२२ को विश्वकपका लागि भिसाको अवधि थप गर्नेछु।’





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad