coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पासाङल्हामु राजमार्गको चार स्थानमा पहिरो, सडक अवरुद्ध

रसुवा – बुधबार रातीदेखि परेको वर्षाको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको रसुवाखण्डस्थित बेत्रावतीदेखि रसुवागढीसम्म चार स्थानमा झरेको पहिरोको कारण राजमार्ग अवरुद्ध बनेको हो।

जिल्लाको बेत्रावती, माझगाउँ, सोले र बाह्रघुम्ती क्षेत्रमा झरेको पहिरो पन्छाउने कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । बेत्रावतीदेखि कालिकास्थानसम्मको बाटो सुचारू गर्नका लागि डिभिजन सडक कार्यालय नुवाकोटले स्काभेटर पठाएको छ।

सोलेको पहिरो पन्छाउने कार्य बिहानेदेखि सुरु भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सोलेको पहिरो पन्छाएर बाह्रघुम्तीको पहिरो पन्छाउने कार्य सुरु हुनेछ । पहिरोले सडक अवरुद्ध भएपछि सवारी साधन कालिकास्थान, राम्चे, धुन्चेलगायतका क्षेत्रमा रोकिएका छन् ।

प्रकाशित: २८ असार २०७५ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App