८ वैशाख २०८१ शनिबार
अर्थ

मेगा बैंकको ३६५ दिन नै सेवा

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले ३६५ दिन नै ग्राहकलाई सेवा दिने भएको छ । मेगा बैंकले राजधानीभित्र र बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको हो।

काठमाडौंको राइजिङ मलस्थित केन्द्रीय कार्यालय भवनमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएको छ ।ठमेल शाखाले पनि साँझ ८ बजेसम्म सेवा दिँदै आएकोे छ । साथै उक्त शाखाहरुबाट वर्षमा ३६५ दिन नै ग्राहकले सेवा पाउने व्यवस्था मिलाएको बैंकले जनाएको छ।

यसैगरी, उपत्यकाभित्रकोे कलंकी, जावलाखेल र न्यू रोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् । गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । उपत्यकाबाहिरको जनकपुर शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म र हेटौंडा शाखाबाट बेलुकी ६ बजेसम्म सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर देशभरका शाखाहरुबाट शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत बैंकिङ सेवा लिन मिल्ने व्यवस्था मिलाएकोे बैंकले जनाएको छ ।

प्रकाशित: २८ असार २०७५ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App