अनुष्काको बोल्ने मूर्ति

बिहिबार, २८ असार २०७५, ०७ : ४२ एजेन्सी

75


मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्मा छोटो समय उचाइ हासिल गर्ने अभिनेत्रीका रुपमा चिनिन्छिन् । बलिउडका हरेक ठूला स्टारसँग काम गर्दै आएकी अनुष्काले सानादेखि ठूला भूमिकासम्ममा पनि चर्चा कमाउँदै आएकी छिन्।

दुई हप्ता पहिला सार्वजनिक ‘सञ्जु’मा अनुष्का छोटो भूमिकामा छिन् तर यहाँ पनि उनले आफ्नो भागमा दर्शकको माया कमाउन सफल भएकी छिन् । छोटै भए पनि फिल्ममा उनको भूमिका दर्शकले रुचाएका थिए ।  यही खुशीको खबरका बीच अनुष्काका फ्यानले खुशीको अर्को खबर छ । 

अनुष्का चाँडै नै सिंगापुरको मेडम तुसाद म्युजिममा देखिँदैछिन् । अनुष्काको यहाँ एउटा अनौठों मूर्ति बन्नेछ, जुन मूर्ति अन्य मैन मूर्ति भन्दा भिन्न हुनेछ ।मेडम तुसाद म्यूजियममा ख्याती कमाएका र समाजका लागि राम्रा काम गरेका व्यक्तिहरुको मैन मूर्ति राखिन्छ । अनुष्काको ख्यातीलाई देखेर सिंगापुरको म्युजियमले अनुष्काको मूर्ति राख्ने निर्णय गरेको हो । तर अनुष्काका मूर्ति अरुको भन्दा भिन्न रहनेछ, कारण अनुष्काको यो मूर्ति बोल्ने छ । म्युजियमले एउटा नयाँ फिचर अनुष्काको मूर्तिमा जोडेको छ।

सिंगापुरको मेडम तुसाद म्युजियममा ओपरा विन्फ्रे, क्रिस्टियानो रोनाल्डो, लेविस हैमिलटन जस्ता ठूला स्टारका मैन मूर्ति राखिएका छन् । तर यीभन्दा भिन्न अनुष्काको मूर्तिले आफ्ना फ्यानसँग पनि कुरा गर्नेछ । मूर्तिमा अनुष्काको हातमा एउटा फोन पनि हुनेछ । सिंगापुरको यो म्युजियमको भ्रमणमा गर्नेमा अधिकतम् भारतीय पर्यटक रहने गरेका छन् ।

अभिनयसँगै निर्माणमा समेत सहभागी हुँदै आएकी अनुष्का तत्काल भने फुर्सदमा छिन् । यही कारण उनी अहिले क्रिकेटर पति बिराट कोहलीसँग बेलायत भ्रमणमा छिन् ।
 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्लो विन्डोज कम्प्युटरको सफ्टवेयरबाटै समाधान

स्लो विन्डोज कम्प्युटरको सफ्टवेयरबाटै समाधान

विन्डोजमा आएको समस्याबाट पनि कम्प्युटर स्लो भएको हुनसक्छ । ...

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...