वन विज्ञानमा अनिश्चितकालीन ताला

बिहिबार, २८ असार २०७५, ०७ : ०९ नागरिक

64


चितवन - निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विद्यार्थी संगठनहरूले कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) बन्द गरेका छन् । विश्वविद्यालयसँग आवद्ध विभिन्न चार विद्यार्थी संगठनले बुधबारदेखि संयुक्त रूपमा विश्वविद्यालय बन्द गराएका हुन् ।

विश्वविद्यालयका पदाधिकारीहरूले माफियाकरणलाई प्रश्रय दिँदै निजी कलेजलाई सम्बन्धन दिएको भनेर विद्यार्थी संगठनले विरोध गरेका छन् । विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरू अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले बुधबार तालाबन्दी गरेर विश्वविद्यालय बन्द गराएका हुन् । संगठनहरूले विश्वविद्यालयमा मंगलबार साँझ टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

विश्वविद्यालयले २०७४ भदौ २ गते संयुक्त विद्यार्थी संगठनसँग सम्झौता गरेर निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगन गरेको थियो । विश्वविद्यालयले सञ्चालन गरेको आंगिक क्याम्पसको अवस्था नाजुक हुँदाहुँदै निजी कलेजलाई सम्बन्ध दिँदा विश्वविद्यालय कृषि शिक्षाको व्यापार गर्ने पसल बनेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका हुन् ।

निजी सम्बन्धन खारेज गर्नुपर्ने माग राख्दै संगठनले विश्वविद्यालय अनिश्चितकालिन बन्द गराएका छन् । विश्वविद्यालयको नेपाल प्रगतीशिल प्राध्यापक संगठनले समेत सम्बन्धनको विराध गरेको छ । पर्याप्त छलफल र गृहकार्य बिना नै नीजि क्याम्पसलाई सम्बन्धन दिईएकाले विश्वविद्यालय नै धराशायी बनाउने भन्दै संगठनले विरोध गरेको हो।

बन्दका कारण बुधबारबाट सञ्चालन गर्न लागिएको कृषि स्नातकोत्तर र विद्यावारिधि अध्ययन गरिरहेका विद्यार्थीको पहिलो सेमेस्टरको परीक्षा पनि रोकिएको छ । विश्वविद्यालयले आंगिक कलेजको स्थापना नगरी निजीलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले विरोध गर्दा २०७४ असार, साउन र भदौमा दुई महिनाभन्दा बढी विश्वविद्यालय ठप्प भएको थियो ।

विश्वविद्यालयले सञ्चालन गरेको आंगिक क्याम्पसको अवस्था नाजुक हुँदाहुँदै निजी कलेजलाई सम्बन्ध दिँदा विश्वविद्यालय कृषि शिक्षाको व्यापार गर्ने पसल बनेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका हुन् ।
 

विद्यार्थीले मसाल जुलुस, सिठ्ठी जुलुस, उपकुलपतिको कार्यालय घेराउसँगै विश्वविद्यालयमा धर्ना र तालाबन्दीसमेत गरेका थिए । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो । प्राध्यापकहरू समेत निजी क्याम्पसलाई सम्बन्धन दिनेबारे असन्तुष्ट थिए । सम्बन्धन दिने विषय तत्कालका लागि स्थगित भएपछि विरोध रोकिएको थियो ।त्यसपछि गत बिहिबार बसेको कार्यकारी परिषद्को बैठकले सात जिल्लाका आठवटा क्याम्पसलाई अस्थायी सम्बन्धन दिने निर्णय गरेको विश्वविद्यालयका रजिस्टार प्रा.डा. मनराज कोलाक्षपतिले जानकारी दिए । सात कलेजलाई कृषि र एक कलेजलाई वन विषय अध्यापन गर्न पाउने गरी सम्बन्धन दिइएको उनले बताए ।

झापा, सुनसरी, परासी, सुर्खेत, कोहलपुर, काठमाडौंमा एक र नवलपुर जिल्लामा दुई क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरिएको उनले जानकारी दिए । चार वर्षअघि नै पूर्व पदाधिकारीहरूले गरेको निर्णयअनुसार नै निजी क्याम्पसलाई सम्बन्धन दिइएको उनको दाबी छ।

‘नियमसंगत नै अगाडि बढेका छौं,’ उनले भने, ‘विद्यार्थीले पनि यसलाई बुझ्नुपर्छ ।’ शैक्षिक कार्यक्रम विस्तार गर्न पाउने कार्यविधिअनुसार नै विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरेको उनको दाबी छ । गत वर्ष सम्बन्धन दिने कार्य स्थगन गरे पनि विश्वविद्यालयले आंगिक क्याम्पस स्थापनामा जोड दिई चारवटा प्रदेशमा क्याम्पस सञ्चालनमा ल्याइसकेको उनले बताए । बाँकी तीन प्रदेशमा पनि आंगिक क्याम्पस सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए । विश्वविद्यालयमा गरिएको बन्द फिर्ता लिन र वार्तामा आउन विद्यार्थीलाई आह्वान गरिएको उनले बताए ।

 

 







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...