coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ को नाम किराँत राख्न माग

खोटाङ– किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ का प्रमुखसमक्ष प्रदेशको नाम किराँत राख्न माग गरेको छ । प्रदेशको नामकरणका विषय टुंगो लगाउने समय नजिकिँदै गर्दा किरात राई यायोक्खा खोटाङले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत बुधबार प्रदेश प्रमुखलाई अवधारणापत्र पठाएको हो।

यायोक्खाले ऐतिहासिक भूगोल, भाषा, संस्कृति, सभ्यता, आदिम थातथलो र साझा पहिचानका आधारमा प्रदेशको नाम किरात राख्नु सबैभन्दा उत्तम विकल्प भएको दाबी गरेको छ । प्रदेशको नाम किरात राख्न उपयुक्त हुने ६ वटा आधार उल्लेख भएको अवधारणा पत्र यायोक्खा खोटाङकी अध्यक्ष अञ्जना राईले प्रमुख जिल्ला अधिकारी पौडेलमार्फत प्रदेश प्रमुख समक्ष पठाएकी हुन् ।

प्रदेशको नाम किरात राख्ने आधारका बारेमा यायोक्खाले जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङलाई बोधार्थ दिएको छ । किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा गत चैतमाा जिल्लामा हस्ताक्षर अभियान पनि चलाएको थियो ।

 

प्रकाशित: २८ असार २०७५ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App