जलमग्न भएपछि चाबहिल–बौद्ध दुई घण्टा बन्द

बिहिबार, २८ असार २०७५, ०६ : ५४ नागरिक

309


काठमाडौं - वर्षाका कारणले सडकमा पानी जमेपछि चाबहिल–बौद्ध सडक खण्ड दुई घण्टा बन्द भएको छ ।

बुधबार दिउँसो परेको अविरल वर्षाका कारणले सडक जलमग्न भएपछि सवारीसाधन डुबानमा पर्दा आवतजावत नै बन्द भएको हो ।

‘सडक जलमग्न भएपछि दुई घण्टासम्म सवारीसाधन चल्ने अवस्था नै भएन,’ गौशाला ट्राफिक प्रहरी प्रभागका प्रमुख धर्मेन्द्र रावलले भने, ‘गुडिरहेका गाडी पनि सडकमा किनारा लगाउनु परेको थियो ।’ बौद्धदेखि गौशालासम्मकै सडक जलमग्न भएपछि दुई घण्टासम्म सवारी आवतजावत रोकिएको थियो । उनका अनुसार आजमात्रै नभएर पानी परेपछि दैनिकजसो सडक जलमग्न हुने र सवारीसाधन आवतजावतमा समस्या देखिने गरेको छ ।
चाबहिल–बौद्ध सडक खण्ड विस्तारको क्रममा छ । विस्तारको क्रममा रहेका सडकको ढलनिकास व्यवस्थित नहुँदा सडकमा पानी जम्ने समस्या उत्पन्न हुने गरेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपक केसीका अनुसार सडकको दायाँबायाँ मापदण्डविपरीत बनेका संरचना हटाउन नसक्दा सडक विस्तार रोकिएको हो । जसले गर्दा सडकको मर्मत पनि भएको छैन भने सर्वसाधारणले दैनिक सडकमा सकस भोग्नुपरेको छ ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

मनिषाले दिइन डा केसीको माग सम्बोधनको उपाय

बलिउड अभिनेत्री मनिषा कोइरालाले अनशनरत डा. गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलाई सुझाव दिएकी छिन्।  डा. केसीको समर्थनमा शनिबार आयोजित...

‘धडक’को सुखद सुरुआत

‘धडक’को सुखद सुरुआत

शुक्रबारबाट प्रदर्शनमा आएको जाह्नवी कपूर र ईशान खट्टरको फिल्म ‘धडक’ले सुखद सुरुआत गरेको छ। फिल्मले पहिलो दिन ८.७१ करोडको कारोबार...

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

‘२० लाख पर्यटक भित्र्याउन सकिन्छ’

पर्यटन मन्त्रीले पर्यटन क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका व्यवसायी तथा विज्ञहरुकोे थिंक ट्याङक ग्रुप वनाउनु भएको छ र त्यसको पहिलो बैठक...

महादेव पदमार्ग

महादेव पदमार्ग

मनसुनको सुरुवात, खेतमा असारे भाकामा रोपाईं गरिरहेका रोपाहार, कृषि कर्मको सुगन्ध दिने मनसुन । ‘मानो रोपेर मुरी फलाउने’ किसानको चाडसँगै...