पुरानै संरचनाबाट स्थानीय चुनाव : अध्यक्ष राणा

बिहिबार, २३ भदौ २०७३, १२ : १० अर्जुन ओली

नेपालगन्ज- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले पुरानै संरचनाबाट स्थानीय चुनाव गराउनुपर्ने बताएका छन्। नेपालगन्जमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको संरचनालाई बदलेर तत्काल स्थानीय चुनाव गराउन सम्भव नरहेको ठोकुवा गरे। ‘स्थानीय निकायमा अहिले जुन खालको संरचना छ, त्यसैमा चुनाव गराउने र प्रान्तीय चुनावपछि गाउँपालिका र नगरपालिकाको चुनाव गराउनुपर्छ,' उनले भने।

स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै पूर्व मेचीदेखि पश्चिमसम्म आफ्नो पार्टीले संगठन सुदृढीकरणको कामलाई अगाडि बढाएको राणाले जानकारी दिए। राप्रपाले नयाँ संविधान कार्यान्वयनको विषयलाई जोड दिँदै आएको उनले जोड दिए। ‘अब हुने स्थानीय निकायको निर्वाचनको तयारी, पार्टीमाथि लागेको भ्रम चिर्न, सक्रिय सदस्यताको अभियान व्यापक गराउन संगठन सुदृढीकरणको काम सुरु गरेका हौं,' अध्यक्ष राणाले भने।

मधेसलाई दुई प्रदेशमा विभाजन गर्नुपर्ने कुरामा आफूले पहिलेदेखि सुझाव दिँदै आएको जिकिर गर्दै भने, ‘पूर्वमा मधेसलाई मात्र समेटेर एउटा र पश्चिममा पनि मधेसलाई मात्र समेटेर अर्को प्रदेश बनाउनुपर्छ।' राप्रपाले हिन्दू राष्ट्र र गणतन्त्रलाई स्वीकार गरिसकेको जानकारी दिँदै अध्यक्ष राणाले भने, ‘नेपाली जनतालाई आफ्नो राय व्यक्त गर्न नदिएर धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो, त्यसकारण हामी हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा छौं,' उनले थपे। अर्को प्रसंगमा अध्यक्ष राणाले राप्रपा नेपालसँगको पार्टी एकिकरणको ढोका बन्द नभएको जिकिर गरे। उनले थपे, ‘अन्तरिम विधानमा कुरा मिलेको थिएन, त्यो नसच्याएर पार्टी एकीकरण हुने सम्भावना थिएन।' प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा पत्रकारले सोधेको जिज्ञासामा अध्यक्ष राणाले छिमेकीको नाताले भ्रमणमा जानु स्वभाविक कुरा भएको प्रतिक्रिया दिए।

पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई महँगी, कालोबजारी नियन्त्रण र सुकुम्वासी समस्या समाधानमा विशेष ध्यान दिन निर्देशन दिइएको राणाले बताए। संगठन सुदृढीकरण अभियानअर्न्तगत पार्टी कार्यक्रमको सिलसिलामा सहभागी हुन अध्यक्ष राणासहित मन्त्रीद्धय दीपक बोहरा र विक्रम पाण्डे, नेतृ प्रतिभा राणा, पुर्वमन्त्री एवम् नेता सुनिल थापालगायत नेताहरु नेपालगन्ज आएका हुन्।








यसमा तपाईको मत

अन्य समाचार

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

रोजगारदाता र ट्रेड युनियन आर्थिक विकासका सहयात्री बन्नुपर्छ: उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल मुलुकको औद्योगिक सम्बन्ध सहज अवस्थामा रहेको र श्रम विवादको संख्यामा कमी भइरहेको...

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमको गिफ्ट प्याकेज

नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ ।

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रेको ऋणपत्र स्टकमा सूचीकृत

माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । ...

मार्सको १६औं वार्षिकोत्सव

मार्सको १६औं वार्षिकोत्सव

विज्ञापन एजेन्सी मार्स प्रालिले १६औं वार्षिकोत्सव मनाएको छ । ...

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको सभा

ग्रान्डी सोसियल फाउन्डेसनको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्तको मिसकल बैंकिङ

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मिसकल बैंकिङ सेवा प्रदान गर्ने भएको छ । ...

थाई सेवा नेपालमा सफलताको दशक

थाई सेवा नेपालमा सफलताको दशक

सन् १९६८, ४ डिसेम्बर, थाई एयरवेजले नेपालको लागि पहिलो उडान सुरु गरेको दिन हो र यो नै पहिलो जेट एयरलाइन...

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्स जरंखुमा

सिटिजन लाइफ इन्स्योरेन्सले शाखा विस्तार गरेको छ । ...

Ncell Footer Ad