८ वैशाख २०८१ शनिबार
समाज

भोजपुरमा ट्याक्टर पल्टिँदा एकको मृत्यु

भोजपुर – भोजपुरको हतुवागढी  गाउँपालिका २ रानीवासको लुङ्गीनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

आज बिहान  लुङगीनबाट भोजपुर सदरमुकाम तिर आउँदै गरेको को १ त ८६३१ नम्बरको ट्याक्टर ब्रेकफेल भई दुर्घटना हुँदा चालक वडा नं.६ होम्ताङ बस्ने २७ वर्षीय कृपा राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

राईलाई ट्याक्टरको अगाडीको भागले किच्दा घटना स्थलमै मृत्यु भएको हो। सोही ट्याक्टरमा रहेका अन्य तीन जना भने सकुसल रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २७ असार २०७५ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App