७ वैशाख २०८१ शुक्रबार
समाज

रुपन्देहीमा कारको ठक्करबाट २ को मृत्यु, २ घाइते

रुपन्देही – रुपन्देहीको गैडहवा भित्री सडकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गैडहवा २ जोगडा निवासी २६ वर्षीय कायर पासी र सोही ठाउँ बस्ने २७ वर्षीय विसम पासी रहेका छन्। 

बिहान ११ः४५ मा गैडहवा ३ पौवाचौक स्थित भित्री सडकमा ना४२प ८४१२ नम्बरको मोटरसाइकल र बा१९च ४२१ नम्बरको कार ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी कुमुद ढुंगेलका अनुसार दुर्घटनामा परी घाइते हुनेहरूमा गैडहवा वडा नम्बर २ बस्ने २६ वर्षीय छन्नु पासी र ३६ वर्षीय मोहितलाल पासी रहेका छन्।

मृत्यु हुने दुई र घाइते हुने दुई जना एउटै मोटरसाइकलमा सवार थिए। घाइतेहरूको भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ। ठक्कर दिने कार र कार चालक रुपन्देही प्रहरीले नियन्त्रणमा राखेको छ। 

 

प्रकाशित: २७ असार २०७५ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App