coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘डा केसीका माग पूरा गर्न सरकार तयार’

काठमाडौं– स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको बताएकी छिन्।

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले भनिन्, ‘डा.गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गर्दै आएको हो, सुरुमा आँफै वार्तामा आउन चाहनुभएन, हिजोदेखि केही लचकतामा आउनुभएको छ, उहाँले उठाएका मागहरुको बारेमा सरकार गम्भीर छ, केही मागहरुको बारेमा विवाद पनि छ, पक्ष र विपक्ष भएर समस्या समाधान हुँदैन, मैले भनेकै हुनुपर्छ भनेरपनि हुँदैन।’

चिकित्सा शिक्षा विद्येयक संसदमा पुगेको र संसदले नै डा केसीले उठाएका मागहरुलाई बैधानिकता दिने तथा उनले चाहेको संशोधनलाई सांसदहरुमार्फत कुराहरु राख्न सक्ने बताउँदै उनले थपिन- ‘कानूनी बाटोबाट मात्रै समस्या समाधान हुन्छ, अनशन बसेर हुँदैन, हिजोका दिनहरुले पनि यही कुराहरु देखाइसकेको छ।’

मन्त्री अर्यालले डाक्टर केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको बताउँदै उनको उपचारको लागि कुनै कसर बाँकी नराख्ने जनाइन्। ‘उहाँको स्वास्थ्य अवस्था बिग्रिँदै गैरहेको छ, काठमाडौंमा ल्याएर उहाँको स्वास्थ्य उपचार गर्ने र वार्ता गर्ने सरकारले तयारी गरिसकेको छ, यदि उहाँ काठमाडौं आउन मान्नुभएन भनेपनि सरकारी टोली जुम्ला गएर वार्ता तथा सम्वादमार्फत सहमति गरेर उहाँको अनशन तोडाउँछ’, उनले भनिन्।

उनले सरकार समस्या समाधान गर्न तयार रहेको भन्दै चिकित्सकलाई आन्दोलन नगर्न आग्रह समेत गरिन।

 

प्रकाशित: २७ असार २०७५ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App