coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

पढेका बलिउड स्टार

मुम्बई– प्राय कलाकारहरु पढ्न रुची नभएर कला क्षेत्रको लागेको भेटिन्छ। तर बलिउडमा केही यस्ता स्टार कलाकार छन् जो पढाई अर्थात अध्ययनमा पनि स्टार छन्। अब्बल पढाईका साथै कलामा पनि उनीहरु अब्बल छन्। कलामा साहरुख, सलमान र आमिर खानको नाम अगाडि आएपनि पढाईमा भने नयाँ पुस्ता अगाडि देखिन्छ।

जोन अब्राहम बलिउडका पढेका कलाकार हुन्। उनले एमबीए (डिग्री) सम्म अध्ययन गरेका छन्। नर्सी मोन्जी संस्थान अफ प्रबन्ध स्टडीबाट मास्टर पास गरेका जोन हाल अनकमिङ फिल्म सत्यमेव जयतेको प्रमोसनमा व्यस्त छन्।

अभिनेत्री सोहा अली खान पनि पढेकी कलाकार हुन्। उनले बैलिओल कलेज अक्सफोर्डबाट स्नातक (ग्राजुएशन) गरेकी छिन्।

रणवीर सिंह पनि पढ्ने कलाकारको सूचीमा पर्छन। उनले इण्डियाना युनिभर्सिटीबाट ग्राजुएशन गरेका छन्। उनी हाल आफ्नो आगामी फिल्म सिम्बामा व्यस्त छन्।

अनुष्का शर्मा त आर्ट पढेकी अभिनेत्री हुन्। उनले आर्ट विषयबाट ग्राजुएशनका साथै आर्थशास्त्रमा एमए (डिग्री) पास गरेकी छिन्। 

पछिल्लो पुस्ताकी परिणीति चोपडा पनि पढेकी कलाकार हुन्। उनले मेनचेस्टर बिजनेस स्कुल युकेबाट ग्राजुएशन गरेकी छिन्। उनले फाइनान्सियल, बिजनेस र फण्ड विषयमा स्नातक पास गरेको भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

अभिनेता भन्दा पनि खलपात्र भूमिकामा बढी देखिने कलाकार सोनु सुद पनि पढेका कलाकारमा गनिन्छन्। उनले यशवंतराव चौहान कलेजबाट इलेक्ट्रोनिक्समा इन्जिनियरिङ्ग डिग्री गरेका छन्।

प्रकाशित: २७ असार २०७५ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App