coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पासाङल्हामु राजमार्ग अवरुद्ध

रसुवा  – पासाङल्हामु राजमार्गको रसुवाखण्डस्थित ग्राङमा डोजर बिग्रदा सडक अवरुद्ध बनेको छ।

मंगलबार राति परेको अविरल वर्षाको कारण मूलखर्कमा झरेको पहिरो पन्छाएर फर्कने क्रममा ग्राङमा डोजर बिग्रिएपछि सडक अवरुद्ध बनेको हो। बिग्रिएको डोजर बनाउनका लागि हेबी इक्युपमेन्ट डिभिजन काठमाडौंबाट प्राविधिक बोलाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।

साघुँरो सडक भएका कारण सवारी साधन आवतजावत रोकिएको हो। प्राविधिक दिउँसो ३ बजेसम्ममा आइपुग्ने उनले बताए। बुधबार बेलुकीसम्ममा सवारी साधन नियमित सञ्चालनमा आउने सम्भावना रहेको उनले बताए।

सडक अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारी साधन धुन्चे, कालिकास्थान, राम्चेलगायतका क्षेत्रमा रोकिएका छन्।

प्रकाशित: २७ असार २०७५ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App