८ वैशाख २०८१ शनिबार
कला

दिलको कुरालाई नाइ नभन्नू ल !

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बायाँबाट क्रमशः अनुभव रेग्मी, प्रियंका र्काी, सेड्रिना शर्मा र अभिषेक नेपाल । तस्बिर : नागरिक

काठमाडौं– नेपाली फिल्ममा निर्देशक विकासराज आचार्य र फिल्म ‘नाइँ नभन्नू ल’ एउटा ‘ब्रान्ड’ नै हुन्।

फिल्मको चौथो संस्करणसम्म सफलताको स्वाद चाखिसकेका निर्देशक आचार्यको पाँचौं संस्करण अर्थात ‘नाइँ नभन्नू ल ५’ आगामी भदौ ८ बाट प्रदर्शनमा आउँदैछ ।फिल्मको ट्रेलर मंगलबार फिल्म युनिटको उपस्थितिमा पत्रकार तथा सञ्चारकर्मीमाझ सार्वजनिक गरियो । सार्वजनिक ट्रेलरमा विकासका अघिल्ला फिल्मको जस्तै कमेडी, प्रेम, रोमान्स र रोदनका दृश्यलाई समेटिएका छन्।

फिल्मका प्रमुख दुई बाल कलाकार अनुभव रेग्मी र नवकलाकार सेड्रिना शर्मालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मको ट्रेलरका अधिकांश दृश्यमा उनीहरु नै छाएका छन् ।विकासले फिल्मको पहिलो संस्करणदेखि नै राखिँदै आएको भावुक कथा र मिठासपूर्ण संगीतलाई पाँचौं संस्करणसम्म निरन्तरता दिइएको खुलाए । ‘मीठा संगीत र इमोसनल स्टोरी त छ नै । कथा वाचन र प्राविधिक हिसाबले यो शृंखला थप सशक्त बनेको छ,’ आचार्यले भने, ‘यो फिल्मले नाइ नभन्नू ल–२ को भन्दा बढी व्यापार गर्छ भन्नेमा म ढुक्क छु।’

फिल्मको दोसा्रे संस्करणदेखि आवद्ध रहँदै आएकी नायिका प्रियंका कार्कीले आफ्नो भूमिका छोटो भए पनि दर्शकले नजर लगाउन सक्ने चरित्र रहेको खुलाइन् । ‘मैले भूमिकाभन्दा पनि सिरिजको यात्रामा भाग लिन फिल्म खेलेकी हुँ । विकास आचार्य आफ्नै परिवारको मान्छे भएकाले पनि मैले उहाँको फिल्ममा काम गरेकी हुँ,’ कार्कीले भनिन्, ‘हरेक शृंखलासँगै हामी ठूलो हुँदै आएका छौं । कथा र प्रस्तुतिमा पनि व्यापक भिन्नता छ ।’हरेक संस्करणबाट फिल्म क्षेत्रमा नयाँ कलाकार भित्र्याउने निर्देशक आचार्यले यसपटक नवनायक अभिषेक नेपाल र बाल कलाकार सेड्रिना शर्मालाई भित्र्याएका छन्।

नवनायक अभिषेक नेपालले नाम चलेको ब्यानर र निर्देशकसँग काम गर्न पाउँदा खुसी लागेको बताए ।‘अनुभवी व्यानर, अनुभवी निर्देशक र अनुभवी कलाकारसँग जोडिनु मेरा लागि भाग्यको कुरा हो,’ उनले भने, ‘पहिलो फिल्म भएकाले निकै मेहनत गरेको छु । दशर््कलाई पक्कै निरास पार्ने छैन ।’बाल कलाकार अनुभवले फिल्मको पहिलो संस्करणबाटै सँगै काम गर्न पाउँदा खुसी लागेको बताए । ‘फिल्मको सुटिङमा हामीले मेहनतका साथ सहयोगी भावनाले काम गरेका छौं । त्यसकारण फिल्म पनि राम्रो बनेको छ,’ उनले भने।

फिल्मले यसपपटक इलाम र झापालाई कथाको पृष्ठभूमि बनाएको छ । फिल्ममा इलाम र झापाका रमाइलो लोकेसन देख्न सकिन्छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा दिलीप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, उत्तम केसी आदि कलाकारको अभिनय रहेको छ ।

 

 

प्रकाशित: २७ असार २०७५ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App