८ वैशाख २०८१ शनिबार
कला

दसमा दस

सृष्टि श्रेष्ठ, पूर्व मिस नेपाल /अभिनेत्री

१.मनपर्ने नेता ?
आङसाङ सुकी।

२. साथमा कहिल्यै नछुट्ने दुई चीज ?
फोन, हेडफोन।

३. अरुलाई थाहा नभएका तपार्इंका तीन चीज ?
म भेजिटेरियन हो । धेरैले मलाई चितवनको भन्नुहुन्छ तर मेरो बाल्यकाल लमहीमा बितेको हो । अनि म असाध्यै भुलक्कड छु।

४.राम्रा चार अभिनेता ?
डेनियल डे लुइस, नवाजुद्धिन सिद्धिकी, विपिन कार्की, सौगात मल्ल ।

५. विवाहित हुनुको पाँच फाइदा ?
परिवार हुन्छ । दुःख सुख सेयर गर्न पाइन्छ । सामूहिक डिसिजन गर्न सकिन्छ । एक्लो फिल हुन्न । बच्चा बच्ची भयो भने झन् रमाइलो हुन्छ ।
६. मनसुनको ६ रमाइलो ?
लण्डनमा स्यार्र पानी पर्छ र रोकिन्छ तर नेपालमा झमझम पानी पर्छ, मलाई यो बेला माटोको स्मेल मनपर्छ । बाटो क्लिन हुन्छ । फार्मरले खेती गर्न पाउँछन् । आउटडोर सुटिङ जान पर्दैन । क्रिएटिभ बनाउँछ।

७. ग्ल्यामर क्षेत्रका सात मित्र ?
सिसन बानियाँ, सारुक ताम्रकार, निकुन श्रेष्ठ, नगमा श्रेष्ठ, शुभेच्छा खड्का, आस्तिक शेरचन, सकिल कुँवर।

८. काठमाडौंका कुन आठवटा समस्याले दिक्क बनाउँछ ?
प्रदूषण, भद्रगोल सिटीप्लान, फोहोर, स्लम एरिया, बिजुलीको तार, सार्वजनिक यातायात, महिला दुव्र्यवहार, अमानवीयता।

९. केटीको मन नपर्ने ९ बानी ?
केटा मान्छे र केटी मान्छेमा फरक नै देख्दिन । मन नपर्ने पनि त्यस्तो केही छैन ।

१०. पैसा कमाउने १० उपाय ?
मलाई त पैसा कमाउन पर्छ भन्ने नै लाग्दैन । त्यही भएर उपाय पनि छैन ।

प्रकाशित: २७ असार २०७५ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App