७ वैशाख २०८१ शुक्रबार
खेल

सेफरिनको दाबी

मस्को – रूसमा जारी विश्वकपमा युरोपका चार टोलीले सेमिफाइनलमा स्थान बनाउँदा युरोपियन खेलाडीको वर्चस्व प्रमाणित भएको छ।

फाइलन प्रवेशका लागि बेल्जियम र फ्रान्सले सेन्ट पिट्सबर्गमा प्रतिस्पर्धा गरे भने क्रोएसिया र इङ्ल्यान्ड मस्कोमा बुधबार आमनेसामने हुँदै छन् । विश्वकप इतिहासमा युरोपका चार देश अन्तिम चारमा पुगेको यो पाँचौं पटक हो।

‘उपाधि दाबेदार मानिएको स्पेन, जर्मनी र पोर्चुगलजस्ता देशहरू बाहिरिए पनि अन्य टोलीले यस संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि होडमा छन्,’ युइएफएका अध्यक्ष एलेकजेन्डर सेफिरिनले भने।

‘युरोपका यी राष्ट्रहरूको खेलले फुटबलमा विकास भएको जनाउ दिएका छन् । सँगै नयाँ देशको उदय हुनुले फुटबलको गुणस्तर र फुटबलमा लगानी बढेको लिन सकिन्छ,’ समाचार एजेन्सीलाई दिएको विज्ञप्तिमा सेफिरिनले यस्तो उल्लेख गरेका छन्।

 

प्रकाशित: २६ असार २०७५ २१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App