७ वैशाख २०८१ शुक्रबार
खेल

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

रूस – फ्रान्स रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राति सम्पन्न पहिलो सेमिफानल खेलमा बेल्जियमलाई १–० ले स्तब्ध पार्दै फ्रान्स उपाधि नजिक पुगेको हो।

फ्रान्सको जितमा एकमात्र निर्णायक गोल खेलको ५१ औं मिनेटमा सामुएल उम्टीटीले गरे। उम्टीटीले एन्टोनियो ग्रिजम्यानको कर्नरमा हेड गोल गरेका थिए। फ्रान्सले अब उपाधिका लागि इङ्ल्याण्ड र क्रोएसियाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। साे खेल बुधबार राती हुनेछ।

निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा निर्धारित र इन्जुरी समयमा बेल्जियमले पाएका सुनौला अवसरलाई पोस्टको दिशा दिन नसक्दा सेमिफाइनलबाट घर फर्कन बाध्य भयो। खेलको २१ औं मिनेटमा बेल्जियमका टोबी आल्डरविरेल्डले डि बक्सबाट प्रहार गरेको शसक्त प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले मुस्किलले बचाएका थिए।

त्यस्तै खेलको ३३ औं मिनेटमा फ्रान्सका एमबाप्पेले निकालेको सुन्दर पासलाई जिरौडले सदुपयोग गर्न नसक्दा अग्रता दिन चुकेको छ। ३६ औं मिनेटमा फ्रान्सका एन्टोनियो ग्रिजम्यानले एकल प्रयासमा लगेर प्रहारमा लगेर प्रहार गरेको बल फिलतो सावित भयो। ३९ औं मिनेटमा फ्रान्सका पाभाको प्रहार बेल्जियमका गोलकिपरले बचाए। बेल्जियमले पनि पहिलो हाफको अतिरिक्त समयमा पाएको सुनौलो अवसरमा गोल गर्न सकेन्।

दोश्रो हाफको शुरुवातदेखीनै आक्रामक बनेको फ्रान्सका दुई प्रहारलाई खेलको अतिरिक्त समयमा बेल्जियमका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ९३ औं मिनेटमा पोग्बाको पासमा ग्रिजम्यानले प्रहार गरेको बल र पोग्बाकै पासमा कोरेन्टिन टोलिसोले ९६ औं मिनेटमा प्रहार गरेको बललाई गोलरक्षकले गोल हुनबाट बचाएका थिए । एक गोलले पछि परेको अवस्थामा खेलमा फर्कन संघर्षरत बेल्जियमका कैयौं प्रहार गोल पोष्ट भन्दा वाहिर  परेका थिए भने केभिन डि व्रोएनाले खेलको ६१ औं र एक्सेल विट्सेलले ८१ औं मिनेटमा गरेका प्रहार विपक्षी टोलीका गोलरक्षकले बचाएका थिए। 

फ्रान्सले समूह चरणमा अष्ट्रेलियालाई २–१, पेरूलाई १–० र डेनमार्कसँग गोलरहित बराबरीमा रोक्दै समूह ‘सी’ को विजेताको रुसमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो।

अन्तिम १६ अर्थात प्रि क्वाटरफाइनलमा अर्जेन्टिनालाई ४–३ र क्वाटरफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको थियो। यता बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ६–१ र इङ्ल्याण्डलाई १–० ले पराजित गर्दै समूह ‘जी’ को विजेताको रुपमा प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो।

प्रि क्वाटरफाइनलमा जापानलाई ३–२ र क्वाटरफाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले निराश पार्दै बेल्जियम सेमिफाइनलमा ठाउँ सुरक्षित गर्न सफल भएको थियो। बेल्जियमका इडेन हाजार्ड, रोमेलु लुकाकु, केभिन डी ब्रुयना र भिन्सेन्ट कम्पनी, जस्ता उत्कृष्ट खेलाडीले गोल गर्न सकेनन। 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App