६ वैशाख २०८१ बिहीबार
खेल

विश्वकप सेमिफाइनलः फ्रान्स र बेल्जियमको पहिलो हाफ बराबरीमा सकियो

रूस – रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। 

निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा दुवै टोलीले पाएका केहि सुनौला अवसरलाई पोस्टको दिशा दिन सकेका छैनन्। खेलको २१ औं मिनेटमा बेल्जियमका टोबी आल्डरविरेल्डले डि बक्सबाट प्रहार गरेको शसक्त प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले मुस्किलले बचाएका थिए। त्यस्तै खेलको ३३ औं मिनेटमा फ्रान्सका एमबाप्पेले निकालेको सुन्दर पासलाई जिरौडले सदुपयोग गर्न नसक्दा अग्रता लिन चुकेको छ।

३६ औं मिनेटमा फ्रान्सका एन्टोनियो ग्रिजम्यानले एकल प्रयासमा लगेर प्रहारमा लगेर प्रहार गरेको बल फिलतो सावित भयो। ३९ औं मिनेटमा फ्रान्सका पाभाको प्रहार बेल्जियमका गोलकिपरले बचाए। बेल्जियमले पनि पहिलो हाफको अतिरिक्त समयमा पाएको सुनौलो अवसरमा गोल गर्न सकेन्।

फ्रान्सले समूह चरणमा अष्ट्रेलियालाई २–१, पेरूलाई १–० र डेनमार्कसँग गोलरहित बराबरीमा रोक्दै समूह ‘सी’ को विजेताको रुसमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो। अन्तिम १६ अर्थात प्रि क्वाटरफाइनलमा अर्जेन्टिनालाई ४–३ र क्वाटरफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो। 

यता बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ६–१ र इङ्ल्याण्डलाई १–० ले पराजित गर्दै समूह ‘जी’ को विजेताको रुपमा प्रि क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो। प्रि क्वाटरफाइनलमा जापानलाई ३–२ र क्वाटरफाइनलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले निराश पार्दै बेल्जियम सेमिफाइनलमा ठाउँ सुरक्षित गर्न सफल भएको हो।

दुवै टोलीमा युरोपका शीर्ष लिग खेल्ने उत्कृष्ट खेलाडीको बाहुल्य छ। फ्रान्सेली टोलीमा किलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा र ओलिभर जिरौडको उपस्थिति छ भने बेल्जियम टोलीमा इडेन हाजार्ड, रोमेलु लुकाकु, केभिन डी ब्रुयना र भिन्सेन्ट कम्पनी, जस्ता उत्कृष्ट खेलाडीको उपस्थिति छ। 

४ गोल गरेका लुकाकु जारी प्रतियोगिताको सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। त्यस्तै फ्रान्सका एमबाप्पेले ३ गोल गरिसकेका छन्।

यी दुई टोली पछिल्लो १९८६ को विश्वकपमा भेटेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले ४–२ ले बाजी मारेको थियो। त्यसपछि फ्रान्स र बेल्जियमबीच प्रमुख प्रतियोगितामा भेट नभए पनि आठ मैत्रीपूर्ण भिडन्त भइसकेका छन्।

पछिल्लो पटक २०१५ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो। फ्रान्सले एक पटक विश्वकपको उपाधि जितेको छ भने वेल्जियम उपाधि विहीन छ।

 

प्रकाशित: २६ असार २०७५ १८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App