७ वैशाख २०८१ शुक्रबार
खेल

रियलका स्टार खेलाडी रोनाल्डो युभेन्ट्समा

रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै क्लबले रोनाल्डो १ सय ५ मिलियन पाउन्डस्टर्लिङ्मा युभेन्ट्स गएका उल्लेख गरेको छ। रोनाल्डोले समेत सो सहमती पत्रमा हस्ताक्षर गरिसकेको क्लबले जानकारी दिएको छ।

रोनाल्डो सन् २००८ मा इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट रियलमा ८० मिलियन पाउण्डमा आएका थिए। ९ वर्षे रियल बसाईका क्रममा ३३ वर्षिय रोनाल्डोले रियललाई दुई ला–लिगाको उपाधि र ४ च्याम्पियन्स ट्रफि दिलाएका थिए। रोनाल्डोले पाँच पटक सर्वोत्कृष्ट खेलाडीका रुपमा ब्यालोन डि ओर को उपाधि समेत प्राप्त गरिसकेका छन् भने क्लबका तर्फबाट हालसम्म सर्वाधिक गोल कर्ताका रुपमा समेत रहिसकेका छन्।

रियलका तर्फबाट ४ सय ३८ खेल खेलेका रोनाल्डोले ४ सय ५१ गोल गरेका छन्। रोनाल्डोले आफ्नो फुटबल करियरमा आफ्नो राष्ट्र र क्लबकालागि गरेर कुल ६ सय ७० गोल गरेका छन्।

रियललाई छोडेर युभेन्ट्समा गएका रोनाल्डोले आफुले क्लबमा विताएको समय आफ्नो जिवनकै सबैभन्दा खुसीको क्षण भएको बताए। क्लब र समर्थकहरुले आफुलाई दिएको माया,स्नेह विर्सन नसक्ने बताउँदै रोनाल्डोले रियलमा विताएका ९ वर्षलाई सुनौला वर्षको संज्ञा दिए। आफ्नो फुटबल जिवनले अब नयाँ मोड लिएको बताउँदै रोनाल्डोले आफु जहाँ भएपनि क्लब र समर्थकले दिएको माया र जर्सीलाई कहिल्यै भुल्न नसक्ने बताए।

प्रकाशित: २६ असार २०७५ १६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App