७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाल–भारत अन्तरदेशीय रेल सेवा कात्तिकभित्र सञ्चालन हुने

काठमाडौं– नेपाल भारत अन्तरदेशीय रेल सेवा आगामी कात्तिकभित्र सञ्चालन हुने भएको छ। 

रेल सेवा सञ्चालन सम्बन्धि समझदारी पत्रमा छलफलका लागि मंगलबार काठमाडाैंमा सम्पन्न संयुक्त कार्य समूहको तेस्रो बैठकले जयनगर–विजलपुर–बर्दिबास, जोगवनी–विराटनगर रेलमार्गमा भइरहेको प्रगतिको सराहना गर्दै जयनगरदेखि जनकपुर÷कुर्थासम्म र जोगवनी देखि नेपाल भन्सार क्षेत्रसम्म रेल सेवा सञ्चालनका लागि आइपर्ने आवश्यकतामाथि विस्तृत छलफल गरेको छ।

यही वर्षको कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको यी आयोजनाबारे संयुक्त कार्य समूहले रेलसेवा सञ्चालन, समझदारीपत्रको अन्तिम स्वरुप टुङ्गाउने विषयको आवश्यकता पहिचान गर्दै उक्त कार्य शिघ्र सञ्चालन गर्नका लागि जोड मेत दिएको छ।

बैठकमा भारतका तर्फबाट रेलवे मन्त्रालयका कार्यकारी निर्देशक (ट्राफिक यातायात) मनोज कुमार श्रीवास्तव र नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले प्रतिनिधित्व गरेका थिए।

प्रकाशित: २६ असार २०७५ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App