coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सदर चिडियाखाना सूर्यविनायकमा विस्तार गरिने

ललितपुर - सदर चिडियाखाना केही वर्ष भित्रमा भक्तपुरकाे सूर्यविनायकमा विस्तार गरिने भएकाे छ।

अहिले जावलाखेलको सानो क्षेत्रमा रहेको चिडियाखाना यहाँसँगै सूर्यविनायकको ठूलो क्षेत्रफलमा पनि फैलने सदर चिडियाखानाले जनाएको छ। सूर्यविनायक जङ्गलमा प्राणी उद्यान केन्द्रका रुपमा राखिने सदर चिडियाखानाका प्रमुख चीरञ्जीवी पोखरेलले बताए।

जावलाखेलमा भन्दा सूर्यविनायकको जग्गा क्षेत्रफलका हिसाबले ठूलो छ। यहाँ चिडियाखाना ६ हेक्टर रहेको छ भने सूर्यविनायकमा १४.२९ हेक्टरमा जनावरलाई राखिनेछ। पोखरेलले भन्छन, “यहाँ जनावरलाई विभिन्न खोरभित्र राखिने गरिएकामा सूर्यविनायकमा खुल्ला हुनेछ। हामीले प्राणी उद्यान केन्द्र अन्तर्राष्ट्रिय स्तरको बनाउन लागेका छौँ । सूर्यविनायकमा अहिले विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माणको काम भएको छ।"

सूर्यविनायकमा चिडियाखाना विस्तारको काम प्राविधिक रुपमा प्रकृति संरक्षण कोषले गरिरहेको छ । कोषले झण्डै २२ वर्ष पहिलेदेखि सदर चिडियाखानाको व्यवस्थापन गर्दै आएको छ। नेपाल सरकार र कोषका बीचमा ३० वर्षसम्म कोषले व्यवस्थापन गर्ने सम्झौता भएको थियो।

चिडियाखानाको स्थापना १९८९ सालमा भएको थियो। चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन्। १२४ प्रजातिका ८३७ वटा जनावर यहाँ रहेका छन्। रासस

प्रकाशित: २६ असार २०७५ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App