६ वैशाख २०८१ बिहीबार
समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

मोरङ – मोरङका दुई छुट्टाछुट्टै स्थानमा मंगलबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

बूढीगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा मंगलबार दिउँसो बसको ठक्करबाट एक साइकलयात्री वृद्धको मृत्यु भएको छ। विराटनगरबाट यात्रु लिएर उदयपुरतर्फ जाँदै गरेको ना५ख ५००८ नंको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बूढीगंगा–३ का ६५ वर्षीय विर्खबहादुर कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ। 

बसको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याइएकामा उपचारका क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको हो। ठक्कर दिने बस र त्यसका चालक सप्तरीको सप्तकोसी नगरपालिका–१ का ५१ वर्षीय कुशुमलाल साहलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ। 

त्यसैगरी, रतुवामाई नगरपालिका–५ मा मंगलबार ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ। को२त ८११५ नंको ट्र्याक्टरले किचेर रतुवामाई नगरपालिका–५ बस्ने मनोज माझीको ४ वर्षीय छोरा बादल माझीको मृत्यु भएको हो। 

बाबुले खेत जोत्नका लागि ट्र्याक्टर लैजाने क्रममा सोही ट्र्याक्टरमा बसेका बादल अचानक तल खसेको र पछाडिको चक्काले किच्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए। घटनापश्चात् बाबु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।   (रासस)

प्रकाशित: २६ असार २०७५ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App