काठमाडौं– भदौ ८ मा प्रदर्शन हुने फिल्म ‘नाईं नभन्नू ल ५’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार क्युज सिनेमा हलमा कार्यक्रम गर्दै फिल्मकोे ट्रेलर सार्वजनिक गरिएको हो। सदाझैं फिल्मको केन्द्रमा बालबालिका रहेका छन्। ट्रेलरमा अनुभव रेग्मी र यही फिल्मबाट डेब्यु गरेकी सेड्रिना शर्माले ज्यादा स्थान पाएका छन्।
अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत यो शृंखलाका विशेषता रहँदै आएका छन्। निर्देशक विकास आचार्यले पाँचौ शृंखला पनि यिनै विशेषताका साथ आएको बताए। ‘मीठा संगीत र इमोसनल स्टोरी त छ नै यो शृंखला कथा वाचन र प्राविधिक हिसाबले थप अब्बल बनेको हाम्रो विश्वास छ,’ आचार्यले भने।
निर्देशक विकास आचार्यले हरेक शृंखलाबाट कोही न कोही कलाकारलाई मौका दिँदै आएका छन्। यो पटक पनि फिल्मबाट अभिषेक नेपाल र सेड्रिना शर्माले रजतपटको यात्रा थाल्दैछन्। फिल्मले यसपाली इलाम र झापालाई कथाको पृष्ठभूमि बनाएको छ। फिल्ममा इलाम र झापाका रमाइलो लोकेसन देख्न सकिन्छ। पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, उत्तम केसी आदि कलाकारको अभिनय रहेको छ।
भिडियाे:
प्रकाशित: २६ असार २०७५ ०९:२४ मंगलबार